5 years ago
June 16, 2021
एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो खेलमा हंगेरीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै स्टार अफ द म्याचको अवार्ड जितेका छन् ।

पोर्चुगलले ३-० को जित आत्मसात गर्दा रोनाल्डोले २ गोल गरेका थिए । अन्तिम समयमा लगातार गोल गर्दै पोर्चुगलले जित दर्ता गर्दा रोनाल्डोले पछिल्लो दुई गोल गरेका थिए ।
यूईएफएका प्राविधिक अवालोककर्ता कोरिन दिआक्रेले खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोलाई स्टार अफ द म्याच चुनेका थिए । रोनाल्डोले खेल अवधिभर निर्माण गरेको अवसर र गोलका कारण स्टार अफ द म्याच चुनेको उनको भनाइ थियो ।
राफेल गुरेरो गोलमा अग्रता लिएको पोर्चुगलले पेनाल्टीको पाएपछि रोनाल्डोले ८७ औं मिनेटमा अग्रता दोब्बर पार्न अघि बढेका थिए । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए । यससँगै रोनाल्डोले युरोमा आफ्नो गोल संख्या ११ पुर्याए । त्यस्तै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुर्याएका उनी अब अलि दाइको कीर्तिमान बराबरी गर्नबाट ३ गोलले पछि छन् ।
रोनाल्डोले खेलमा अर्को कीर्तिमान भने राखे । यस खेलमार्फत उनी पाँच पटक युरोपेली च्याम्पियनसिपमा सहभागी हुने पहिलो खेलाडी बने । रोनाल्डोले सन् २००४ को युरोमा पोर्चुगल उपविजेता हुँदादेखि सन् २००८, २०१२ र सन् २०१६ मा उपाधि जित्दै यसअघिको कीर्तिमान बराबरी गरेका थिए ।
रोनाल्डोले युरोमा गोलसंख्या ११ गोल पुर्याए । यसअघि फ्रान्सका मिचेल प्लाटिनीसँग ९ गोलमा बराबर रहेका रोनाल्डोले २२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उनलाई फ्रान्सका एन्टोइन ग्रिजमनले ६ गोल गर्दै पछ्याइरहेका छन् ।
यो पनि : पोर्चुगलको विजयी सुरुवात
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]