default_image

3 years ago

June 20, 2021

चेल्सीका डिफेन्डर मिलानमा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका इंग्लिस डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब मिलानले डिफेन्डर फिकायोलाई २५ मिलियन पाउन्डमा चार वर्षको लागि स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । फिकायो अब सन् २०२५ सिजनको अन्त्यसम्म मिलानमा रहनेछन् । फिकायो गत सिजन लोनमा मिलान आएका थिए । […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका इंग्लिस डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।

सिरी ‘ए’ क्लब मिलानले डिफेन्डर फिकायोलाई २५ मिलियन पाउन्डमा चार वर्षको लागि स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । फिकायो अब सन् २०२५ सिजनको अन्त्यसम्म मिलानमा रहनेछन् ।

फिकायो गत सिजन लोनमा मिलान आएका थिए । क्लबमा उत्कृष्ट प्रदर्शन गरेपछि मिलानले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । २४ वर्षीय फिकायो गत जनवरीमा लोनमा मिलान पुगेका थिए । उनले गत सिज ‘ए’ मा २२ खेल खेल्दै एक गोल गरेका थिए ।

चेल्सीकै एकेडेमीबाट हुर्किएका फिकायोले चेल्सीमा सुरुवाती रोजाईमा पर्न असफल भएपछि अधिकांश समय लोनमै खेलिरहेका छन् । उनले ब्राइटन, हल सिटी र डर्वी काउन्टीबाट लोनमा खेलिसकेका छन् ।

उनले २०१६ मा चेल्सीको सिनियर टोलीमा स्थान बनाएका थिए । उक्त सिजन उनले चेल्सीबाट २७ खेल खेल्दै दुई गोल गरेका थिए । उनले इंग्ल्यान्डका लागि एक खेल खेलेका छन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.