default_image

5 years ago

June 19, 2021

विराटनगर सिटी एफसी र पारोबीच सहकार्य हुने

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी एफसी र भुटानको पारो फुटबल क्लबबीच प्राविधिकलगायत अन्य विषयमा सहकार्य गर्ने गरि सम्झौता भएको छ । विराटनगरका प्रमुख कार्यकारी अधिकृत सुभाषिश कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार दुई क्लबबीच फुटबल विकासका लागि प्राविधिकलगायत अन्य सहकार्य हुनेछ । त्यस्तै दुईतर्फका सिनियर र खेलाडी आवश्यकता अनुसार आपसी सहमतिमा एकअर्कालाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । त्यस्तै प्रि सिजन र मैत्रीपूर्ण खेलका लागि दुवै टोली आउन जान सक्ने, नेपाल र भुटानमा हुने फुटबल प्रतियोगिताका लागि आवश्यक समन्वय गर्न सकिने पनि सम्झौतामा रहेको छ । सम्झौता एक वर्षको रहनेछ ।

दुई देशबीचको क्लबको सम्झौताले फुटबल विकासमा सहयोग पुग्ने विश्वास रहेको विराटनगरका सिइओ कोइरालाले बताए ।यो सहकार्यको सुरुवात हो । दुई देशबीचको क्लबको सहकार्यले त्यहाँको फुटबल विकासमा मद्दत पुग्ने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘पहिलो वर्षको सहकार्यपछि समीक्षा गरेर लामो सहयात्रा हुन सक्ने सम्भावना छ ।’

जेठ १ गते दशरथ रंगशालामा सम्पन्न देशकै पहिलो फ्रेन्चाइज लिग एनएसएलको सहभागी ७ मध्ये विराटनगर एक हो । सुरुवात राम्रो गरेपनि विराटनगर प्ले अफ पुग्न असफल भएको थियो । पारो भुटान सुपर लिग र भुटान प्रिमियर लिग खेल्दै आएको छ । ३ वर्ष अघि स्थापना भएको क्लब सन् २०१९ को प्रिमियर लिग च्याम्पियन बनेको थियो । टोलीले गत वर्ष एएफसी कप छनोटको दोस्रो चरण सम्मको यात्रा गरेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.