default_image

3 years ago

June 25, 2021

चिलीलाई हराउँदै पाराग्वे दोस्रो स्थानमा उक्लियो

एजेन्सी – चिलीमाथि सहज जित निकाल्दै पाराग्वे कोपा अमेरिका कपको समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले चिलीलाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको २–० को जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । एक गोलले पछि परेको […]

58 views

0 Bookmark

एजेन्सी – चिलीमाथि सहज जित निकाल्दै पाराग्वे कोपा अमेरिका कपको समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले चिलीलाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको २–० को जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । एक गोलले पछि परेको चिलीले बल पोसेसनमा पकड बनाएपनि पाराग्वेको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । दोस्रो हाफमा चिलीले आफ्नै गल्तीमा गोल खान पुगेको थियो ।

खेलको १४औं मिनेटमा म्याथियस भिल्लाशान्तिको प्रहारलाई चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले बचाए । लगत्तै १५औं मिनेटमा हेक्टर मार्टिनेजको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २०औं मिनेटमा बेन ब्रेरेटनको हेडर पोस्ट नजिकैबाट बाहिरिदा चिलीले अग्रता लिन सकेन ।

३२औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई १–० को अग्रता दिलाए । मिगुइल अल्मिरोनको कर्नरमा सामुले हेडरमार्फत गोल गर्दा चिलीका गोलरक्षक ब्राभो मुकदर्शक बने । ४०औं मिनेटमा अल्मिरोनकै कर्नरमा कार्लाेस गोन्जालेजको हेडर बाहिरिदा पाराग्वे अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५०औं मिनेटमा जिन मेनेसेसको पासमा आर्टुरो भिडालको हेडर पोस्ट नजिकैबाट बाहिरिदा चिली बराबरीबाट चुक्यो । ५७औं मिनेटमा मिगुइल अल्मिरोनले पेनाल्टीमा गोल गर्दै पाराग्वेको अग्रता दोब्बर पारे । गेरी मेडेलले पेनाल्टी बक्समा कार्लाेस गोन्जालेजलाई फउल गरेपछि रेफ्रीले पाराग्वेलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अल्मिरोन चुकेनन् । ७०औं मिनेटमा इडुआर्डाे भार्गसको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै खतरा टारे ।

७३औं मिनेटमा चिलीले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । पाब्लो ग्लाडामेसको क्रसमा आएको बललाई कार्लाेस गोन्जालेजले हेडर प्रयास गर्दा हातमा लागेको प्रस्टै देखिएको थियो । ८९औं मिनेटमा बिन ब्रेरेटनको प्रहारलाई पाराग्वेका गोलरक्षक एन्थोनी सिल्भाले बचाए ।

चिलीमाथि पछिल्लो तीन खेलमा पाराग्वेको यो लगातार तेस्रो जित हो । यसअघि पाराग्वेले चिलीमाथि २०१६ र २०१७ मा जित निकालेको थियो । पाराग्वेसँग लगातार तेस्रो हारसँगै चिलीले अर्जेन्टिनालाई पछि पार्दै शीर्षस्थानमा उक्लने अवसर गुमायो ।

चिलीले ४ खेलबाट ५ अंक जोड्यो । दोस्रो स्थानमा उक्लिएको पाराग्वेले ३ खेलबाट ६ अंक जोड्यो । शीर्षस्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चौथो स्थानमा रहेको उरुग्वेले ३ खेलबाट ४ अंक जोड्यो । एक खेल बाँकी रहेको बोलिभिया अंकविहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.