4 years ago
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ महिना अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रजर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दुई अफ्रिकी खेलाडीले न्यूरोड टिम (एनआरटी) बाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका मेसुके ओलुमोउ र स्टेफन समिरसँग आन्तरिक सम्झौता गरेको एनआरटीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । यसपटकको लिग असोज ३ बाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै घोषणा गरिसकेको छ । ८ दशक भन्दा लामो इतिहास रहेको एनआरटीले ४ पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।
विगतमा क्लबले उतार चढाव भोगेको स्मरण गर्दै एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले भने, ‘विगतका अनुभवबाट पाठ सिक्दै आर्थिक रुपमा सम्पन्न गराउने र नेपाली फुटबललाई माथि उठाउने अभियानका रुपमा लिगलाई लिएका छौं ।’

एनआरटीलाई राजुकाजी शाक्यले प्रशिक्षण दिनेछन् । एनएसएलको प्रदर्शनकै आधारमा दुई अफ्रिकी खेलाडीलाई अनुबन्धन गरेको जानकारी दिए । लिगमा ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार दुई खेलाडी अहिले भित्राएको हो । मेसुकेले एनएसएलमा सर्वाधिक ८ गोल गरेका थिए । उनले त्यसअघि ए डिभिजनमा संकटाबाट खेलेका थिए । स्टेफनले भने हिमालयन शेर्पाबाट खेलिसकेका छन् ।
क्लबमा १२ खेलाडी पुरानै रहने र अन्य खेलाडीसँग पनि सम्झौताको प्रक्रिया अघि बढेको क्लबले पत्रकार सम्मेलनमा जानकारी दियो । सन् १९३४ मा स्थापना भएको एनआरटीले यसपटकको लिगका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]