4 years ago
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) लाई प्रशिक्षकमा राजुकाजी शाक्य निरन्तरता दिएको छ । दुई अफ्रिकी खेलाडी मेसुके ओलुमो र स्टेफन समिरलाई अनुबन्धन गर्ने शनिबारको पत्रकार सम्मेलनमा एनआरटीले शाक्यलाई प्रशिक्षकका रुपमा प्रस्तुत गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक शाक्यले लामो समय एनआरटीलाई प्रशिक्षण दिएका छन् । बीचमा अन्य क्लबलाई प्रशिक्षण दिएका शाक्य २०७६ मा पुनः एनआरटी नै फर्केका थिए । शाक्य एनआरटीलाई परिवार जत्तिकै ठान्छन् । ‘म परिवारमा बसेको महसुस गर्छु,’ उनले भने, ‘सायद मैलै प्रशिक्षकको करियर यहिबाट अन्त्य गर्छु होला ।’
शाक्य नतिजा भन्दा बढी प्रदर्शनलाई महत्व दिने प्रशिक्षकमा गनिन्छन् । ‘हरेक प्रशिक्षकले नतिजाको लागि प्रयास गर्नु स्वभाविक हो । तर म टोलीको प्रदर्शन पनि राम्रो हुनुपर्दछ भन्ने ठान्दछु,’ उनले थपे, ‘तर त्यसको लागि समय लाग्छ । लामो समय खेलाडीहरुलाई एउटा क्लबमा राख्न कठिन हुन्छ , त्यसैले एकरुपको प्रदर्शन गराउन कठिन हुन्छ ।’

प्रशिक्षकका लागि उत्कृष्ट प्रदर्शन गराउन र नतिजा दिलाउन सधै चुनौती हुने उनले बुझेका छन् । ‘मैले पहिलो पटक २०५६ सालमा एनआरटी हेर्दा लिग जित्ने नजिक पुगेका थियौं । अन्तिम खेलमा हारेर दोस्रो भयौं,’ उनले स्मरण गरे, ‘हामीले जहिले पनि ठूलो नाम भन्दा पनि सन्तुलित टोली बनाएका छौं । स्टारहरु भित्राएर होइन आफ्नो टोलीमाथि विश्वास गरेर नजिता ल्याउने कोसिस गछौं । मैले टोली हेर्दा लिगमा हरेक पटक शीर्ष ४ मा राख्न सफल भएको छु ।’
प्रशिक्षणका हिसाबले शाक्य नेपाली प्रशिक्षकमा उत्कृष्ट मध्येका मानिन्छन् । यद्दपी उनले कुनै क्लबलाई लिग जिताउन सकेका छैनन् । खेल जीवनमा देशका लागि स्वर्ण पदक दिलाउन नेपाली टोलीको कप्तानी गरेको शाक्यले नेपाललाई अर्को स्वर्ण पदक दिलाउने समयमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सन् १९९३ मा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीको कप्तान थिए । त्यहि सागको १२ औं संस्करणमा नेपाली टोलीलाई उनले स्वर्ण पदक दिलाएका थिए । यद्दपी, उनी कप्तान हुँदा नेपालको सिनियर टोलीले खेल्थ्यो भने सागको नवौं संस्करणपछि यू २३ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
शाक्यले एनआरटीपछि विभागीय त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, संकटा क्लब, मनाङ–मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब पुनः एनआरटी फर्केका थिए । जेठमा सम्पन्न नेपाल सुपर लिगमा भने उनी बुलवल लुम्बिनी एफसीको महाप्रबन्धकको रुपमा आबद्ध थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]