default_image

3 years ago

July 10, 2021

रोनाल्डोलाई प्रशिक्षण दिन कठिन

एजेन्सी – इटालियन प्रशिक्षक मौरिसियो सार्रीले रोनाल्डोलाई प्रशिक्षण गर्न असहज भएको धारणा सार्वजनिक गरेका छन् । लाजियोका नयाँ प्रशिक्षक सार्रीले सन् २०१९–२० को सिजनमा युभेन्टसमा रहँदा रोनाल्डोलाई प्रशिक्षण दिएका थिए । सार्रीको प्रशिक्षणमा टोलीले सिरी ‘ए’ को उपाधि जितेपनि पोर्चुगिज सुपरस्टारलाई प्रशिक्षण गराउन असहज भएको बताएका छन् । उनले भने, ‘जब तपाईहरुसँग क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी […]

79 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक मौरिसियो सार्रीले रोनाल्डोलाई प्रशिक्षण गर्न असहज भएको धारणा सार्वजनिक गरेका छन् । लाजियोका नयाँ प्रशिक्षक सार्रीले सन् २०१९–२० को सिजनमा युभेन्टसमा रहँदा रोनाल्डोलाई प्रशिक्षण दिएका थिए ।

सार्रीको प्रशिक्षणमा टोलीले सिरी ‘ए’ को उपाधि जितेपनि पोर्चुगिज सुपरस्टारलाई प्रशिक्षण गराउन असहज भएको बताएका छन् । उनले भने, ‘जब तपाईहरुसँग क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी छन् यो स्वभाविक हो कि उनीहरु कहिलेकाँकी टिमभन्दा माथि हुन्छन् । क्रिस्टियानो रोनाल्डो एक बहुराष्ट्रिय ब्राण्ड हुन् । उनमा अरुभन्दा बढी व्यक्तिगत चासो पनि हुन्छ । तर त्यो टोलीको रुचीसँग मेल खानुपर्दछ,’ सार्रीले स्पोर्ट्स इटालियासँगको एक अन्तरवार्तामा भने ।

‘सबै दृष्टिकोणबाट व्यवस्थापन गर्न गाह्रो अवस्था हो । म आँफैलाई व्यवस्थापक भन्दा राम्रो प्रशिक्षक ठान्छु । तर रोनाल्डोलाई प्रशिक्षण गर्न कठिन छ । त्यहाँ धेरै सकारात्मक पक्षहरु पनि छन्,’ उनले भने, ‘किनकि रोनाल्डोले सिजनको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्ने गर्दछन् । जब कसैले यि तहमा पुग्छ भन्ने स्पष्ट हुन्छ कि उसले टिमको पछाडि केही प्रतिनिधित्व गर्ने गर्दछ ।’

‘मैले यसै सिजनमा व्यक्तिगत खेलाडीहरु र टिमको बारेमा केही सुनेको छु । टोलीको मुल्य कहिल्यै पनि व्यक्तिको मुल्यमा मेल खाँदैन ।’

रोनाल्डोलाई युभेन्ट्समा बस्नुपर्छ कि पर्दैन भन्ने प्रश्नमा उनले यो क्लबको निर्णयमा भर पर्ने बताएका छन् । उनले अरु ५–६ जना खेलाडी राम्रा छन् भने एक खेलाडीलाई त्याग्नु राम्रो रहेको बताए । रोनाल्डो क्लबसँग सम्झौताको अन्तिम वर्षमा रहेकाले यस सिजन क्लब छाड्ने चर्चा चलिरहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.