default_image

3 years ago

July 11, 2021

थ्री नेसन्स कप विजेता खेलाडी र प्रशिक्षक पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरे । खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ले […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरे ।

खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ले समान २ लाख रुपैयाँ प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्य समेत रहेका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । नेपाली टोलीले चैत १६ गत बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कप जितेको केहि दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियोगितामा अर्को टोलीका रुपमा कीर्गिस्तानको यू २३ टोलीले भाग लिएको थियो ।

विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाका लागि प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई स्वीकृती दिएका थिए । सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले दशैंको बेलामा पर्ने हुनाले खेलाडीले साफ जितेर दशैं मनाउन पाउने बताएका थिए । उनले नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने समेत जनाए । खेलाडीहरुले प्रधानमन्त्री ओलीले साफ आयोजना गर्न भनेसँगै ताली बजाएर निर्णयको स्वागत गरेका थिए ।

सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लाग्ने बुझिएको छ । भुटानले सेप्टेम्बरमा नै साफ च्याम्पियनसिप भएको अवस्थामा सहभागी हुन नसक्ने मौखिक जानकारी दिएको छ । त्यस्तै पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन । यस्तो अवस्थामा बढीमा ५ राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो । यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भएपनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले यसअघि नै जनाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका थिए ।

पछिल्लो समय भने कोरोना संक्रमण वृद्धि र प्रायोजक नपाएपछि बंगलादेशमा नहुने सम्भावना बढेको हो । नेपालले सेप्टेम्बरमा नै साफ आयोजना गर्ने भन्दै राष्ट्रिय टोलीको तयारी सुरु गरिसकेको छ । सेप्टेम्बरमा फिफाको अन्तर्राष्ट्रिय खेलका लागि विन्डो रहेकाले पनि अन्य ५ देशले नै खेल्ने सम्भावना छ ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यति बेला नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिले सम्मको उच्च प्रदर्शन हो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो ।

थ्री नेसन्स कप विजेता टोली :

गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड – अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

प्रशिक्षक टोली – बालगोपाल महर्जन (मुख्य), किरण श्रेष्ठ , विकास मल्ल (गोलकिपर)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा गोल […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.