default_image

3 years ago

July 21, 2021

अलाबाले रियलमा ४ नम्बर जर्सी लगाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले पूर्व कप्तान सर्जियो रामोसले प्रयोग गरेको जर्सी नम्बर ४ नयाँ डिफेन्डर डेविड अलाबालाई प्रदान गरेको छ । अलाबा यसै सिजन बायर्न म्युनिखबाट फ्री ट्रान्सफरमा आएका हुन् । स्टार सेन्टरब्याक रामोसले क्लबसँग नयाँ सम्झौतामा सहमति नहुँदा क्लब छाडेका थिए । दुईपक्षबीच सम्झौता विस्तारको लागि धेरै छलफल भएपनि सहमतिमा पुग्न नसक्दा […]

83 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले पूर्व कप्तान सर्जियो रामोसले प्रयोग गरेको जर्सी नम्बर ४ नयाँ डिफेन्डर डेविड अलाबालाई प्रदान गरेको छ । अलाबा यसै सिजन बायर्न म्युनिखबाट फ्री ट्रान्सफरमा आएका हुन् ।

स्टार सेन्टरब्याक रामोसले क्लबसँग नयाँ सम्झौतामा सहमति नहुँदा क्लब छाडेका थिए । दुईपक्षबीच सम्झौता विस्तारको लागि धेरै छलफल भएपनि सहमतिमा पुग्न नसक्दा उनी फ्रि एजेन्टको रुपमा फ्रान्सेली क्लब पीएसजीमा २ वर्षको लागि अनुबन्धित भए । उनले पीएसजीमा आफ्नो ४ नम्बर जर्सी नै रोजेका छन् ।

रियलमा १६ वर्ष बिताएका उनी क्लबको एक लेजेण्ड खेलाडीको रुपमा स्थापित छन् । टोलीमा उनको धेरै सम्मान थियो । अहिले उनी क्लबमा रहेपनि टिम भित्र उनको लागि धेरै सम्मान रहेको देखिन्छ । उनले सन् २००५ देखि २०२१ सम्म क्लबमा ४ नम्बरको जर्सीमा खेले ।

अलाबाले रियलसँग ४ वर्षका लागि सम्झौता गरेका हुन् । लेफ्ट ब्याकबाट करिअर सुरु गरेका उनी पछिल्लो समय सेन्टर डिफेन्सका रुपमा खेलिरहेका छन् । उनलाई युरोपमा पछिल्लो समय उत्कृष्ट डिफेन्डरको रुपमा हेरिएको छ ।

अलाबालाई बायर्नले क्लबमै राख्न तीन पटक प्रस्ताव गरेपनि उनले क्लब छाड्ने निर्णयमा लिएका थिए । सन् २००८ मा बायर्नमा आएका भर्सटाइल डिफेन्डर अलाबाले त्यसपछि लोनमा ६ महिना अर्काे जर्मन क्लब होफेनहाइनमा पुगेका थिए । त्यसपछि उनी निरन्तर बायर्नमै रहेका थिए ।

अलाबाले बायर्नका लागि हालसम्म ४ सय बढी खेल खेल्दै खेलमा ३२ गोल र ४९ असिस्ट दिँदै २७ उपाधि जितेका छन् । जसमा दुई च्याम्पियन्स लिग, १० जर्मन बुन्डेसलिगा, ६ डिएफवी पोकल, ५ जर्मन सुपर कप, २ युइएफए सुपर कप र दुई क्लब विश्वकप रहेको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.