default_image

3 years ago

July 22, 2021

रामोसले पिएसजी डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यूका लागि केहि समय अझै कुर्नुपर्ने भएको छ । नयाँ सिजनको तयारीको सिलसिलामा पिएसजीले बुधबार अग्सबर्गसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सेभिल्ला र रियल म्याड्रिडका पूर्व रक्षक रामोसले मैत्रीपूर्ण खेलका लागि भ्रमण नगर्ने क्लबले जनाएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार रामोसले टोलीका बाँकी […]

67 views

0 Bookmark

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यूका लागि केहि समय अझै कुर्नुपर्ने भएको छ ।

नयाँ सिजनको तयारीको सिलसिलामा पिएसजीले बुधबार अग्सबर्गसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सेभिल्ला र रियल म्याड्रिडका पूर्व रक्षक रामोसले मैत्रीपूर्ण खेलका लागि भ्रमण नगर्ने क्लबले जनाएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार रामोसले टोलीका बाँकी सदस्यसँग प्रशिक्षण भने गरिरहेका छन् । तर डेब्यूका लागि भने हतार नगरिने जनाएको छ ।

रामोसले गत सिजन अधिकांश समय चोट कारण मैदान बाहिर रहनुपरेको थियो । रामोसले यो वर्ष मात्र ७ खेल मात्र खेलेका थिए । स्पेनिस अन्तर्राष्ट्रियले व्यक्तिगत अभ्यासलाई निरन्तरता दिइरहेका छन् । यद्दपी डेब्यूका लागि भने केहि समय अझै कुर्नुपर्ने भएको छ ।

जुलाई २४ मा जिनाओ वा सेभिल्लाविरुद्ध जुलाई २७ हुने मैत्रीपूर्ण खेलमा उनले डेब्यू गर्ने सम्भावना रहेको छ । अगष्ट १ गते लिलविरुद्ध हुने ले ट्रपी डेस च्याम्पियन्स खेलमार्फत पिएसजीबाट रामोसले प्रतिस्पर्धा खेल सुरु गर्न सक्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.