default_image

3 years ago

July 22, 2021

स्पेन बराबरीमा रोकियो

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ विहीबार भएको खेलमा स्वर्ण पदकको दावेदार मानिएको स्पेन समूह सी को खेलमा इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको छ । युरोपेली च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेका पेड्री र ड्यानी ओल्मोसँगै मार्को एसेन्सियोलाई पहिलो रोजाइमा उतारेको स्पेनले इजिप्टविरुद्ध गोल गर्न सकेन । आक्रमणमा कमजोर देखिएको स्पेनलाई बराबरीसँगै चोटको समस्याले पनि पिरोलेको […]

47 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ विहीबार भएको खेलमा स्वर्ण पदकको दावेदार मानिएको स्पेन समूह सी को खेलमा इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको छ ।

युरोपेली च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेका पेड्री र ड्यानी ओल्मोसँगै मार्को एसेन्सियोलाई पहिलो रोजाइमा उतारेको स्पेनले इजिप्टविरुद्ध गोल गर्न सकेन । आक्रमणमा कमजोर देखिएको स्पेनलाई बराबरीसँगै चोटको समस्याले पनि पिरोलेको छ । मिडफिल्डर ड्यानी सेबालोस र डिफेन्डर ओस्कार मिन्गुएजा चोटका कारण मैदान छाड्न बाध्य भएका थिए ।

इजिप्टले रक्षात्मक रणनीति अपनाउँदै ५ डिफेन्डरलाई मैदान उतारेको थियो । स्पेनले मुख्य फरवार्डबिना नै सुरुवाती ११ खेलाएपनि राम्रो सुरुवात गरेको थियो । तर बल पोसेसनमा पकड भएपनि अन्तिम आक्रमणमा भने स्पेन चुक्यो । अन्त्यतिर राफा मिर, ब्रायन गिल र कार्लोस सोलेरले केहि सुधार गरेपनि गोल गर्न भने सकेनन् । स्पेनले अब अर्जेन्टिना र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।

त्यसअघि विहीबार नै एजिनोमोटो स्टेडियम चोफुमा फ्रान्स मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको हो । ४७औं मिनेटमा एर्नेस्टो भेगाको गोलबाट मेक्सिकोले अग्रता लिएको थियो । ५५औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे । ६९औं मिनेटमा आन्द्रे पिएरे जिग्नाकले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

८०औं मिनेटमा कार्लाेस एन्टुनाले गोल गरेपछि फ्रान्सको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर्डाेले गोल गर्दै मेक्सिकोलाई ४–१ को सानदार जित दिलाए । यो जितपछि समूह ‘ए’ मा मेक्सिकोको ३ अंक पुगेको छ । फ्रान्स अंकविहीन हुदै पुछारमा छ ।

समूह डीमा आइभोरी कोस्टले साउदी अरेबियालाई २-१ ले पराजित गर्यो । यस्तै दक्षिण कोरिया भने न्युजिल्यान्डसँग १-० ले पराजित भयो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.