4 years ago
July 24, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा चीन र जाम्वियाले रोमाञ्चक बराबरी खेलेका छन् । ८ गोल भएको खेलमा चीन र जाम्वियाले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मियागी स्टेडियममा शनिबार भएको खेलमा चीनका लागि सबै चार गोल सुआङ वाङले गर्दा जाम्वियाकी बारब्रा वान्डाले ह्याट्रिक तथा रचेल कुन्दानान्जीले एक गोल थपेकी थिइन् । गोलको वर्षा भएको खेलको छैटौ मिनेटमा सुआङ वाङले गोल गर्दै चीनलाई १–० को अग्रता दिलाइन् । १५औं मिनेटमा रचेल कुन्दानान्जीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि दुई मिनेटको अन्तर २२ र २३औं मिनेटमा सुआङ वाङले गोल गर्दै ह्याट्रिक पुरा गरेपछि चीन ३–१ ले अघि बढेको थियो । ४२औं मिनेटमा बारब्रा वान्डाले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमा ३–२ को अवस्थामा ल्याइन् ।

दोस्रो हाफ भने जाम्वियाको पक्षमा रह्यो । दोस्रो हाफको शुरुमै बारब्रा वान्डाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याइन् । ६९औं मिनेटमा बारब्रा वान्डाले ह्याट्रिक पुरा गरेपछि खेलमा पहिलो पटक अग्रता लिएको जाम्विया ४–३ ले अघि बढ्यो ।
जारी ओलम्पिकमा उनको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले नेदरल्यान्ड्ससँग १०–३ ले पराजित भएको खेलमा ह्याट्रिक पुरा गरेकी थिइन् । ८३औं मिनेटमा सुआङ वाङले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीको लागि चौथो गोल गर्दै चीनलाई हारबाट जोगाइन् ।
खेल सकिन ४ मिनेट बाँकी रहँदा क्विङटोङ लि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि चीन समस्यामा परेपनि बराबरीलाई जोगाउँदै समूहमा पहिलो अंक जोड्न सफल भयो ।
यो बराबरीसँगै समूह ‘एफ’ मा दुवै टोलीले समान दुई खेलबाट समान १ अंक जोडेका छन् । चीन पहिलो खेलमा ब्राजिलसँग ५–० ले तथा जाम्विया नेदरल्यान्ड्सँग १०-३ ले पराजित भएको थियो । उक्त खेलमा पनि वान्डाले ह्याट्रिक गरेकी थिइन् । गोल अन्तरमा चीन तेस्रो तथा जाम्विया पुछारमा छ । यो समूहको नेदरल्यान्ड्स र ब्राजिलबीचको खेल आज हुनेछ ।
यस्तै समूह ‘ई’ को खेलमा क्यानडाले चिलीलाई २–१ ले पराजित गरेको छ । क्यानडाले पहिलो जित दर्ता गर्दा चिलीले लगातार दोस्रो हार बेहोरेको हो । क्यानडाको जितमा जानिन बेक्कीले दुवै गोल गरिन् । चिलीकी कारिन एरायले एक गोल फर्काइन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]