4 years ago
July 24, 2021
एजेन्सी – पहिलो खेलमा स्वीडेनसँग स्तब्ध बनेको अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा न्युजिल्यान्डमाथि सानदार जित दर्ता गरेको छ ।

अमेरिकाले न्युजिल्यान्डमाथि ६–१ को सानदार जित हात पारेको हो । अमेरिका पहिलो खेलमा स्वीडेनसँग ३–० ले स्तब्ध बनेको थियो । अमेरिकाको फराकिलो जितमा रोस लाभेली, लिन्डसे होरान, क्रिस्टेन प्रेस र एलेक्स मोर्गानले गोल गर्दा दुई आत्मघाती गोल उपहार पाएको थियो । न्युजिल्यान्डकी बेट्से हास्सेटले एक गोल फर्काइन् ।
साइतामा स्टेडियममा शनिबार गोलको वर्षा भएको खेलमा अमेरिकाले पहिलो हाफमा दुई गोलको अग्रता लिदा दोस्रो हाफमा ४ गोल थप्दा एक गोल खान पुगेको थियो । नवौं मिनेटमा रोस लाभेलीले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन् । ४५औं मिनेटमा लिन्डसे होरानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारिन् ।

६३औं मिनेटमा एबी इर्सेगले आत्मघाती गोल गरेपछि अमेरिका सहज जिततर्फ अघि बढेको थियो । ७३औं मिनेटमा बेट्से हास्सेटले गोल गर्दै न्युजिल्यान्डलाई खेलमा फर्कने संकेत दिदा स्कोर ३–१ भएको थियो । ८०औं मिनेटमा क्रिस्टेन प्रेसले गोल गर्दै अमेरिकालाई ४–१ ले अघि बढाइन् ।
८७औं मिनेटमा एलेक्स मोर्गानले गोल गरेपछि अमेरिकाले खेलमा ५–१ को आरामदायी अग्रता लिन सफल भयो । खेलको अन्तिम समयमा क्याथरिन बोटले आत्मघाती गोल गरेपछि अमेरिकाले फराकिलो जित निकाल्न सफल भयो ।
यो जितसँगै अमेरिका समुह ‘जी’ मा २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा पछि पर्दै अष्ट्रेलिया तेस्रो स्थानमा छ । पराजित न्युजिल्यान्ड अंकविहीन हुदै पुछारमा छ । स्वीडेन ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । शनिबारै स्वीडेनले अष्ट्रेलियामाथि ४–२ को जित निकालेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]