4 years ago
July 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग पूर्व निर्धारित समयमै सुरु गर्न सबै ए डिजिभन क्लब सहमत भएपनि खेलाडीको स्वास्थ्य र सुरक्षालाई भने विशेष ध्यान दिनुपर्ने आवाज उठाएका छन् ।

एन्फाले ए डिभिजन र राष्ट्रिय लिगसँगसँगै सुरु गर्ने योजनाका साथ आइतबार सम्म टिम दर्ताका लागि समयावधि तोकेको थियो । तर केहि दिन अघि ए डिभिजनका ४ क्लब थ्री स्टार, बिग्रेड ब्वाइज, फ्रेन्ड्स र जावलाखेल युथले कोरोनाका देखाउँदै असोज ३ गतेबाट लिग गर्दा स्वास्थ्य मापदण्डबारे तयार नभएको भन्दै ध्यानाकर्षण गरेको थियो ।
त्यहि कारण एन्फाले १४ ए डिभिजन क्लबका प्रतिनिधिसँग आइतबार छलफल गरेको एन्फाले जनाएको छ । विज्ञप्तिमा झैं ब्रिगेड ब्वाइजका अध्यक्ष लालकुमार पुनले खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राखिनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को तेस्रो लहर आउने सम्भावना रहेकोले त्यसलाई ध्यानमा राखेर लिग गर्नुपर्ने सुझाएका थिए । थ्री स्टारका महासचिव सञ्जिव शिल्पकारले ४ क्लबले संयुक्त ज्ञापन पत्र दिनुको अर्थ लिग रोक्न नभई विधिवत लिग होस् भन्ने चाहेको प्रष्ट पारे ।
सातदोबाटो युथ क्लबका अध्यक्ष कोपिला राना मगर सबै क्लब तयारीमा छुटेकोले खराब अवस्थामा पनि कसरी लिग गर्ने भन्ने योजना हुनुपर्ने बताए । छलफलमा एपिएफका पंकज चन्द, हिमालयन शेर्पाका विजेन पुडासैनी, फ्रेन्ड्सका अध्यक्ष दीपक थापा, जाउलाखेलका महेन्द्र क्षेत्रीले पनि आफ्नो धारणा राखेका थिए । त्यस्तै न्यूडरोड टिम एनआरटीका अध्यक्ष सुन्दर जोशी, नेपाल पुलिसका अनन्त थापा, संकटाका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार, च्यासल युथका प्रदीप व्यञ्जनकार र त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष शशीकिरण रायमाझीले पनि लिग आयोजनाका विषयमा बोलेका थिए ।
अधिकांशले खेलाडकिो स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर लिग सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । एन्फाका अध्यक्ष कर्मा छिरिङले खेलाडीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर लिग सञ्चालन गरिने योजना बनाएको बताए । ‘फुटबल कुनै पनि मुल्यमा हुनुपर्दछ । सरकारसँग अनुमति लिइसकेका छौं’, अध्यक्ष शेर्पाले भने, ‘हामी स्वास्थयका सबै मापदण्ड अपनाएर नै लिग गर्नेछौं ।’
उनले कोरोना महामारीका कारण कठीन परिस्थितिमा पनि अन्तर्राष्ट्रिय फुटबल सञ्चालन भएको उदाहरण दिदै त्यसैको अनुभवलाई ध्यानमा राखेर ए डिभिजन गरिने विश्वास दिलाए । क्लबहरुकाबीच अर्को आइतबार छलफल गरि लिगका बारेमा अन्तिम टुंगो लगाइने एन्फाले जनाएको छ ।
छलफलमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, महासचिव इन्द्रमान तुलाधार, प्रवक्ता किरण राई, लिग समितिका संयोजक, लिगका निर्देशक सञ्जिव मिश्रलगायतको उपस्थिति थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]