4 years ago
July 27, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको महिला फुटबलमा उच्च प्रदर्शन गरिरहेको स्वीडेनले समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

समूह ‘जी’ को अन्तिम खेलमा स्वीडेनले न्युजिल्यान्डलाई २–० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गरेको हो । स्वीडेनले यसअघि बलियो अमेरिकालाई ३–० ले तथा अष्ट्रेलियालाई ४–२ ले पराजित गरेको थियो ।
कासिमा सकर स्टेडियममा मंगलबार भएको खेलमा स्वीडेनको सहज जितमा अन्ना एन्भेगार्ड र माडेलेन जानोगेले गोल गरिन् । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको १७औं मिनेटमा अन्ना एन्भेगार्डले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् । ३०औं मिनेटमा माडेलेन जानोगेले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै स्वीडेनको जितमा निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा अमेरिका र अष्ट्रेलियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘जी’ को यो नतिजा पछि स्वीडेन ९ अंक जोडेर अघिल्लो चरण प्रवेश गर्दा ४ अंक जोडेको अमेरिकाले समूह उपसवजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
अमेरिकासँग समान ४ अंक रहेपनि तेस्रो स्थानमा रहेको अष्ट्रेलियाको अर्काे चरण पुग्ने सम्भावना जीवित छ । न्युजिल्यान्ड अंकविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]