4 years ago
July 27, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको महिला फुटबलमा ब्राजिललाई पछि पार्दै नेदरल्यान्ड्स समूह ‘एफ’ बाट समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलसँग समान ७ अंक रहेपनि नेदरल्यान्ड्स गोल अन्तरमा अघि रहँदै समूह विजेता बनेको हो । नेदरल्यान्ड्सले समूह चरणको तीन खेलमा २१ गोल गर्दा ८ गोल खायो । यता, ब्राजिलले ९ गोल गर्दै ३ गोल मात्रै बेहोरेको थियो । समूहमा नेदरल्यान्ड्स र ब्राजिल अपराजित रहे ।
समूह चरणको अन्तिम खेलमा मंगलबार नेदरल्यान्ड्सले चीनमाथि ८–२ को फराकिलो जित दर्ता गर्दै समुह विजेता बनेको हो । डच टोलीको फराकिलो जितमा लिनेथ विरेन्सटेन, लिकी मार्टिन्स र भिभिएनी मिडेमाले समान २–२ गोल गर्दा सानिस भान डि सान्डेन र भिक्टोरिया पेलोभाले समान एक गोल गरिन् । चीनका लागि सान्सान वाङ र यान्वेन वाङले गोल गरिन् ।

गोलको वर्ष भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा ३–१ अग्रता लिदा दोस्रो हाफमा ५ गोल थप्दा एक गोल बेहोरेको थियो । चीनविरुद्ध दुई गोल गरेकी मिडेमा ८ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षमा छिन् ।
यही समूहको अर्काे खेलमा ब्राजिलले १० खेलाडीमा समेटिएको जाम्वियामाथि १–० को संघर्षपुर्ण जित निकाल्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । १३औं मिनेटमा लुसहोमो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा जाम्विया समस्यामा परेको थियो । १९औं मिनेटमा एन्ड्रिसा एलभेसले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाइन् । त्यही गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो । जाम्विया र चीन समूह चरणबाटै बाहिरिएको छ ।

यस्तै समूह ‘ई’ मा क्यानडा र इंग्ल्यान्डले १–१ गोलको बराबरी खेल्दा जापानले चिलीमाथि १–० को जित दर्ता गरेको छ । यो नजितापछि इंग्ल्यान्ड समूह विजेता तथा क्यानडा समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिली अंक विहीन हुदै समूह चरणबाट बाहिरिदा जापान उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।
यस्तै समुह ‘जी’ को अष्ट्रेलिया उत्कृष्ट तेस्रो टोलीको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । यो समूहबाट स्वीडेन समूह विजेता तथा अमेरिका उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल समिकरण
क्यानडाविरुद्ध ब्राजिल (३० जुलाई, दिउँसो १ः४५ बजे)
इंग्ल्यान्डविरुद्ध अष्ट्रेलिया (३० जुलाई, दिउँसो २ः४५ बजे)
स्वीडेनविरुद्ध जापान (३० जुलाई, दिउँसो ३ः४५ बजे)
नेदरल्यान्ड्सविरुद्ध अमेरिका (३० जुलाई, दिउँसो ४ः४५ बजे)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]