default_image

4 years ago

July 28, 2021

रिचार्लीसन चम्कँदा ब्राजिल समूह विजेता

156 views

0 Bookmark

एजेन्सी – सिनियर टोलीका समेत सदस्य रहेका रिचार्लीसनले दुई गोल गरेपछि ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

ब्राजिलले समूह चरणको अन्तरगतको अन्तिम खेलमा साउदी अरेबियाको यु–२३ टोलीलाई ३–१ ले पराजित गर्दै समूह ‘डी’ बाट अपराजित रहेर अन्तिम आठमा पुग्न सफल भएको हो ।

साइतामा स्टेडियममा बुधबार भएको खेलको १४औं मिनेटमा म्याथ्थुस कुन्हाको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । उनले क्लाउडिन्होको पासमा गोल गरेका थिए ।

२७औं मिनेटमा अब्दुल्लाह अल एम्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सलमान अल फराजको पासमा गोल गरेका थिए । त्यसपछिको दुवै गोल दोस्रो हाफमा रिचार्लीसनको नाममा रह्यो ।

७६औं मिनेटमा रिचार्लीसनले ब्रुनो गुइमारेसको पासमा गोल गर्दै ब्राजिललाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ब्राजिललाई ३–१ को जित दिलाए । उनले रेनिएरको पासमा दोस्रो गाल गरेका थिए ।

यो जितसँगै ब्राजिलले समूह ‘डी’ बाट ३ खेलमा ७ अंक जोड्यो । साउदी अरेबिया अंकविहीन हुदै समूह चरणबाट बाहिरियो । यही समूहको अर्काे खेलमा जर्मनी र आइभोरीकोस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा आइभोरी कोस्ट समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।

आइभोरी कोस्टले ५ तथा जर्मनीले ४ अंक जोड्यो । आइभोरी कोस्टसँगको बराबरीसँगै जर्मनी समूह चरणबाटै बाहिरिएको छ । प्रतिस्पर्धात्मक खेलको ६७औं मिनेटमा बेन्जामिन हेनरिचको आत्मघाती गोलबाट आइभोरी कोस्टले अग्रता लिएको थियो । ७३औं मिनेटमा इडुआर्ड लोवेनले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

यस्तै समूह ‘बी’ बाट दक्षिण कोरिया समूह विजेता बन्दा न्युजिल्यान्ड उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिम खेलमा उइ जो ह्वाङको ह्याट्रिक मद्दतमा दक्षिण कोरियाले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ६–० ले पराजित गर्दै समूह विजेता बन्यो ।

दक्षिण कोरियाको फराकिलो जितमा डो जाई वन, जिन या किम र काङ इन लिले समान एक गोल थपे । होन्डुरस ३९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसअघि कोरियाले २–० को अग्रता बनाइसकेको थियो ।

अर्काे खेलमा रोमानिया र न्युजिल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । न्युजिल्यान्ड अघिल्लो चरण प्रवेश गर्दा रोमानिया समूह चरणबाटै बाहिरिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.