4 years ago
July 28, 2021
एजेन्सी – स्वर्ण पदकका दावेदार दुई टोली फ्रान्स र अर्जेन्टिना टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएका छन् ।

फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४–० को लज्जास्पद हार बेहोर्दै समूह ‘ए’ बाट समूह चरणबाटै बाहिरिएको हो । यो समूहको अन्तिम खेलमा फ्रान्स जापानसँग पराजित तथा अर्काे खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई ३–० ले हराएपछि फ्रान्सको अघिल्लो चरणको यात्रामा पुर्ण विराम लागेको हो ।
यो समूहबाट जापान शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दा मेक्सिको ६ अंक जोडेर समूह उपविजेता बन्यो । फ्रान्सले ३ तथा दक्षिण अफ्रिकाले अंकको खात खोल्न सकेन । बुधबार निसान स्टेडियममा फ्रान्सलाई लज्जास्पद हार चखाउन जापानका ताकेफुसा कुवो, हिरोकी साकाई, कोजी मियोसी र दाइजेन माइदाले गोल गरे ।

७२औं मिनेटमा फ्रान्स १० खेलाडीमा समेटिनु अघि नै जापानले ३–० को आरामदायी अग्रता लिइसकेको थियो । फ्रान्सका रान्डल कोलो मुआनी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा फ्रान्स थप समस्यामा परेको थियो ।
समूह ‘सी’ मा स्पेनसँग १–१ गोलको बराबरी खेलेपछि अर्जेन्टिनाले पनि समूह चरण पार गर्न सकेन । स्पेनका लागि मिकेल मेरिनोले गोल गर्दा अर्जेन्टिनाका लागि थोमस बेलमोन्टेले बराबरी गोल फर्काएपनि टोलीलाई अघिल्लो चरणमा पुर्याउन सकेनन् ।

यो समूहबाट स्पेन ५ अंक जोडेर समूह विजेता बन्दा इजिप्ट उपविजेताको रुपमा अघि बढ्यो । इजिप्टसँग समान ४ अंक भएपनि अर्जन्टिना गोल अन्तरमा पछि पर्यो । बुधबारै इजिप्टले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्दा अष्ट्रेलियाले पनि समूह चरण पार गर्न सकेन ।
समूह ‘बी’ बाट दक्षिण कोरिया विजेता तथा न्युजिल्यान्ड उपविजेता बन्दा रोमानिया र होन्डुरस बाहिरियो । समूह ‘डी’ बाट ब्राजिल समूह विजेता बन्दा आइभोरी कोस्ट उपविजेता बन्यो । जर्मनी र साउदी अरेवियाले समूह चरण पार गर्न सकेनन् ।
क्वाटरफाइनल समिकरण
स्पेनविरुद्ध आइभोरी कोस्ट (३१ जुलाई, दिउँसो १:४५ बजे)
जापानविरुद्ध न्युजिल्यान्ड (३१ जुलाई, दिउँसो २:४५ बजे)
ब्राजिलविरुद्ध इजिप्ट (३१ जुलाई, दिउँसो ३:४५ बजे)
दक्षिण कोरियाविरुद्ध मेक्सिको (३१ जुलाई, दिउँसो ४:४५ बजे)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]