4 years ago
July 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबका विंगर सुशील लामा आसन्न ‘ए’ डिभिजन लिगका लागि ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन् ।

करिव २ वर्षको मनाङ बसाईपछि उनले फ्रेन्ड्स क्लब रोजेका हुन् । सुशील र क्लबबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता लिग अवधिभरको लागि रहनेछ । सम्झौता रकम गोप्य राखिएपनि उनलाई आकर्षक मुल्यमा अनुबन्ध गरिएको क्लबले जनाएको छ ।
अन्य क्लबहरुबाट सम्झौताको लागि प्रस्ताव आएपनि उनले आफुले खेलेको पुरानो क्लब नै रोजेको सुशीलले बताए । ‘२/३ क्लबबाट प्रस्ताव आएको थियो । तर, पहिले नै खेलिसकेको फ्रेन्ड्सबाट राम्रो प्रस्ताव आएपछि फ्रेन्ड्स नै रोजे,’ सुशीलले भने ।
२८ वर्षीय सुशीले वि.स. २०७० मा फ्रेन्ड्सबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । त्यसअघि उनले न्युरोड टिम (एनआरटी) बाट २०६९ मै लिगको अनुभव बटुलिसकेका थिए । एनआरटीबाट लिग खेल्दा उच्च प्रदर्शन गरेपछि सहारा एकेडेकी पोखराका दोस्रो ब्याचका उत्पादन सुशीलले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका थिए ।

२०६७–६८ मा ब्वाइज युनियनबाट ‘बी’ डिभिजन खेलेको सुशील त्यसपछि एनआरटी पुगेका थिए । २०७० मा एनआरटीले लिग नखेल्ने भएपछि उनी फ्रेन्ड्स क्लबमा पुगेका थिए । त्यसपछि झन्डै ४ वर्ष लिग नहुदा र लिग नखेलेका कारण रेलिगेसनमा परेको एनआरटीबाटै उनले ‘बी’ खेलेका थिए ।
एनआरटीलाई शीर्ष डिभिजनमा उकालेपछि केही समय मनाङबाट मोफसलका प्रतियोगिता खेलेपछि लिगका लागि एनआरटी नै फर्किएका थिए । अर्काे वर्ष उनी घरेलु फुटबलकै चर्चित मनाङमा स्थायी रुपमा अनुबन्ध भएका थिए । मनाङमा अनुबन्ध भएपनि उनले पहिलो रोजाईमा भने खासै अवसर पाएनन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]