9 years ago
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणमा नेपाल र टिमोर लेस्टेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

समूह एको पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको लेस्टले नेपालविरुद्ध सुधारिएको प्रदर्शन गरेको छ । आजको खेल हारेमा लेस्टे प्रतियोगिताबाट बाहिरनेछ । नेपालको भने यो पहिलो खेल हो । नेपालले अर्को खेल मंगलबार ब्रनाईसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । अर्को समूहमा श्रीलंका, लावस, मंगोलियो र मकाउ रहेका छन् ।
नेपाल र लेस्टेपछि झन्डै पाँच बर्षपछि पहिलो पटक प्रतिस्पर्धा भइरहेको हो । यसअघि सन् २०१४ को विश्वकपका लागि २०११ मा काठमाडौंमा भएको पहिलो चरणको छनोटमा यी दुई टोलीबीच प्रतिस्र्धा हुँदा दुवै खेलमा नेपाल विजी भएको थियो । त्यति बेला नेपालले पहिलो खेल २–१ र दोस्रो खेल ५–० ले जितेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]