default_image

4 years ago

August 3, 2021

नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीच सहमति !

297 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको छ ।

नेम्बाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने भएको छ । दुवै पक्षले संयुक्त विज्ञप्ती जारी गर्दै फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिने तयारी गरिरहेको बुझिएको छ । सम्भवतः बुधबार संयुक्त वक्तव्य सार्वजनिक हुनेछ ।

नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद साम्य पार्न भेटघाट भएको थियो । एन्फाले पनि विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस भएको थियो । मन्त्रालयले दिएको निर्देशन अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेकै दिन नेम्बाङ र अलमुताइरीबीच सहमति भएको छ ।

‘सबै पक्ष फुटबलको विकास चाहेको देखिन्छ । उहाँहरुले विगतलाई कोट्याउने भन्दा पनि आउने दिनमा मिलेर काम गर्ने विषयमा सहमति भएको छ’, राजकर्णिकारले भने, ‘विवादको धेरै ठूलो विषय थिएन । तर उहाँहरुका बीचमा संवाद हुन सकेको थिएन । आज सम्भव भयो र सहमति पनि बन्यो । औपचारिक रुपमा भोली उहाँहरुले सञ्चारमाध्यमलाई जानकारी गराउनुहुने सम्भावना छ ।’

नेम्बाङले पनि फुटबल विकासका लागि आफू सहकार्य गरेर अघि बढ्न तयार रहेको भेटका क्रममा बताएको बुझिएको छ । एकअर्कासँग त्यसअघि भेट सम्म नभएका अलमुताइरी र नेम्बाङबीच पटक पटकको प्रयासपछि भेट सम्भव भएको बताइएको छ । राजकर्णिकारले पहल गरेको भेटमा अलमुताइरती तथा नेम्बाङका साथमा अर्का उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य किरण राई थिए ।

नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हैलसँग व्यक्तिगत सम्बन्धका कारण यो विवाद समाधानका लागि आफूले पहल लिएको राजकर्णिकारले बताए । ‘यो विवादबाट राजदुत निकै चिन्तित हुनुहुन्थ्यो । अलमुताइरीलाई नेपाल ल्याउनका लागि उहाँले पनि पहल गर्नुभएको थियो’, राजकर्णिकारले भने,‘सकिन्छ भने मिलाउने प्रयास गरौं भन्नुभयो । हामीले त्यहि अनुसार पहल गरौं । आज सुखद नतिजा निस्केको छ । अब सबैले फुटबल विकासमा केन्द्रित हुनुपर्दछ ।’

फुटबलका सरोकारवाला सबै यो विवाद समाधान होस् भन्ने पक्षमा रहेको आफूले पाएको राजकर्णिकारले बताए । ‘मैले पूर्व खेलाडी, प्रशिक्षकहरुसँग पनि यो विषयमा केहि सल्लाह लिएको थिएँ’, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व सदस्य समेत रहेका राजकर्णीकारले भने,‘फुटबलमा केहि राम्रो होला जस्तो हुँदा विवाद भयो भन्ने धेरेको चिन्ता रहेको पाए । सकिन्छ भने मिलाउन भन्ने सबैको मनसाय बुझेपछि पहल लिएको हुँ ।’

गत साता नै नेम्बाङसँग अलमुताइरीको सहमित गराउने प्रयास भएपनि आज मात्र सफल भएको बताइएको छ । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । अघिल्लो आइतबार अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएाक छन् । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

त्यस विषयमा छलफल गर्न बसेकेको शुक्रबार बसकेको एन्फा केन्द्रिय समितिको आपतकालिन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीलाई एन्फाले १० दिनका लागि विश्राम दिएको छ ।

मन्त्रालयलाई छानबिन गर्न दिने नहुने तर्क गर्दै एन्फा सदस्य किरण राईले सोमबार प्रवक्ताबाट राजीनामा दिएका थिए । दुई सञ्चारकर्मीका विषयमा पनि दुई पक्ष बसेर समाधान निकाल्न पहल गर्ने सहमति भएको बताइएको छ । अब दुवै पक्षबीच सहमति बनेसँगै सबै विवाद मत्थर हुने आँकलन गरिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.