4 years ago
August 5, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिष्ट सुरज भुसाल सहिद स्मारक ए डिभिजन लिगका लागि फेरि पनि मछिन्द्र क्लबमा आबद्ध भएका छन् । दुई वर्षअघि मछिन्द्रले पहिलो पटक लिग जित्दा पनि भुसाल टोलीको फिजियोथेरापिष्ट थिए ।

अर्थोप्लाष्ट रिह्याब सेन्टरका आर्थोपेडिक एण्ड स्पोर्टस फिजियोथेराष्टि मेडिकल डाइरेक्टर समेत रहेका भुसालले मच्छिन्द्रसँग बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसपटक कात्तिक २९ बाट ए डिभिजन लिग सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जनाइसकेको छ ।
भुसालले ए डिभिजन लिग अवधिभर टोलीका खेलाडीको मैदान बाहिर र भित्र सबै खाले फिजियोथेरापी र प्रारम्भिक स्वास्थ्य सेवाको जिम्मेवारी निर्वाह गर्नेछन् । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिगमा उनी ललितपुर सिटी एफसीमा आबद्ध थिए । भुसालले सन् २०१३ देखि २०१७ सम्म राष्ट्रिय टोलीमा रहेर काम गरेका थिए । उनी नेपालले एएफसी सोलिडारीटि कप जित्दा टोलीका सदस्य थिए ।

पछिल्लो केहि वर्ष यता नेपालका घरेलु क्लबहरूले पनि खेलाडीको स्वास्थ्य अवस्था र फिटनेसलाई मध्यनजर गर्दै फिजियो राख्न थालेका छन् । यसअघि शीर्ष फुटबल क्लबले मात्र फिजियो राख्ने गरेका थिए । तर खेलाडीको प्रदर्शनमा प्रत्यक्ष प्रभाव देखिन थालेपछि लगभग सबै ए डिभिजन टोलीले फिजियो राखेका छन् ।
क्रिकेटमा पनि फ्रेन्चाइज लिगमा हरेक टोलीले फिजियो राखेका थिए । भलिबलमा होंगान्जी न्यू डायमन्डले अर्थोप्लास्टसँग सहकार्य गर्दै टोलीमा फिजियो राखेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]