9 years ago
November 6, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारीटि कप अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार टिमोर लेस्टेसंग गोलरहित बराबरी खेल्यो।

पहिलो खेलमा ब्रुनाईसंग ४-०को पराजय भोगेको टिमोरले नेपालको आक्रमक खेललाई पाखा लगाउँदै एक अंक चोर्न सफल रह्यो। नेपाल के कारणले बराबरीमा रोक्न पुग्यो, हेरौं केहि कमजोर पक्ष:
१. कमजोर फिनिसिङ
पहिलो हाफको सुरुवातमै नेपालले केहि राम्रो अवसर पाएको थियो तर नवयुग श्रेष्ठले सहि निर्णय लिन नसक्दा नेपलले अग्रता बनाउन सकेन। नवयुगको राष्ट्रिय टोलीको जर्सीमा यस खेल बिर्सनलायक रह्यो। भरत खवासले पनि एक-दुई गलत निर्णय गर्नाले टिम शुन्य गोलमै अड्कियो।
२. खराब परिवर्तन
अन्जन विष्टको ठाउँमा अनिल गुरुङलाई मैदानमा छिराउनु पनि खराब निर्णय सावित भयो। उमेरले नेटो काटिसकेका गुरुङले खेललाई अगाडि नबढाएर झनै ढिलाइ गरिदिए। उनले पाएको केहि मौकामा पास नदिएर आफैं अवसर बनाउन खोज्दा टोलीले गोल निकाल्न सकेन।
३. खेलमैदान
नेपालले स्वदेशमा हुँदा सधैं एष्ट्रो टर्फमा मात्र प्रशिक्षण गरिरह्यो र मलेसियामा केहि दिन मात्र गरेको प्रशिक्षण उचित भएन। मैदानमा केहि असजिलो महसुस गरिरहेकाले खेलाडीहरुले सहि समयमा सहि निर्णय पनि लिन सकेनन्।
४.मिडिफिल्ड कमजोर
विशाल राई पुर्ण फिट नहुनु नेपालको लागि निकै घाटाको विषय रह्यो। साग र बंगबन्धुमा राम्रो प्रदर्शन गरेका उनले लाओस विरुद्ध पनि गोल गरेका थिए। उनको अनुपस्थितिमा हेमन गुरुङले खासै राम्रो प्रदर्शन देखाउन सकेनन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]