9 years ago
November 6, 2016
इङ्लिस्ग प्रीमियर लिगमा एभेर्टोन बिरुद्ध ५-० को सहज जित दर्ता गर्दा चेल्सिकोलागी इडेन हजार्डले २ गोल गरेका छन ।

हजार्डले पहिलो हालमा गोल गर्दै चेल्सिलाई अग्रता दिलाएपछी मार्कोस अलोन्सोले अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फमा गोल गर्दै कोस्टले चेल्सिलाई ३-० को अग्रता दिलाए ।
त्यस्तै अर्को हाल्फमा हजार्ड र पेड्रोले गोल गरेपछी चेल्सिले सहज जित अंगाल्न सक्यो । गत सिजन ४ गोल गर्न मात्र सफल हजार्ड यो सिजन सम्म ७ गोल गरी सक्दा हाजार्डको फर्म चेल्सिलाई महत्वपुर्ण साबित भएको छ ।
म्यान्चेस्टर सिटी मिडल्स्ब्रोसङ १-१ को बराबरी खेलेर अंक गुमाउदा चेल्सी शिर्ष स्थान पुगेको छ । अन्य खेलहरुमा बर्न्लिले कृस्टल प्यालेसलाई ३-२ ले हरायो , वेस्ट ह्याम र स्टोक १-१ को बराबरी खेले भने बोउर्न्माथलाई सन्डर्ल्याण्डले १-२ ले जित्यो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]