4 years ago
August 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगीले ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबबाट खेल्ने भएका छन् । मनिषले आइतबार मछिन्द्रसँग औपचारिक रुपमा सम्झौता गरेको क्लबले जनाएको छ ।

क्लबका तर्फबाट अध्यक्ष सुनिल कपाली र मनिषले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उनले ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि सम्झौता गरेका हुन् । यसअघि खालीबारी एफसीबाट सी डिभिजनमा खेलेका मनिषले मोफसलमा भने थ्री स्टार क्लबबाट खेलेका थिए । थ्री स्टारले उनलाई राख्ने इच्छा देखाएपनि मछिन्द्रले मोटो रकम दिएपछि उनी त्यसतर्फ लागेका हुन् ।
मनिषले नेपाल सुपर लिगमा विराटनगर सिटी फुटबल क्लबबाट प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उनलाई इराकविरुद्ध मैत्रीपूर्ण खेलमा नै डेब्यु दिएका थिए । मनिषले डेब्युमा गोल गर्दै सनसनी मच्चाएका थिए । त्यसपछि विश्वकप छनोटमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । उनले उमेर समूहमा पनि खेल्दै आएका छन् ।

मनिषको आगमनसँगै मछिन्द्रले पनि लिगको तयारीलाई थप बलियो बनाएको छ । मछिन्द्रले अघिल्लो सिजनकै अधिकांश खेलाडीलाई क्लबमा राख्ने बुझिएको छ । केहि खेलाडीले भने क्लब छाड्नेछन् । क्लबले केहि दिन अघि मात्र फिजियो सुरज भुषालसँग पनि सम्झौता नविकरण गरेको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]