default_image

3 years ago

August 11, 2021

यूईएफए सुपर कपमा चेल्सी र भिल्लारियल भिड्दै

एजेन्सी – युरोपेली सिजनको सुरुवातको रुपमा लिइने यूईएफए सुपर कपमा युरोपेली च्याम्पियन चेल्सी र युरोपा लिग विजेता भिल्लारियल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बुधबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै भिल्लारियलले भने इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि […]

34 views

0 Bookmark

एजेन्सी – युरोपेली सिजनको सुरुवातको रुपमा लिइने यूईएफए सुपर कपमा युरोपेली च्याम्पियन चेल्सी र युरोपा लिग विजेता भिल्लारियल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बुधबार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै भिल्लारियलले भने इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि हासिल गरेको थियो । दुवै टोली युरोपमा आफ्नो उच्च लयलाई कायम राख्दै नयाँ सिजनमा सुखद सुरुवात गर्ने सुरमा हुनेछन् ।

चेल्सीले ट्रान्सफर बजारमा क्लबकै पूर्व फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ । क्लबले सेभियाका डिफेन्डर जुलस कुन्डेलाई पनि नजरमा राखेको छ । चेल्सीले प्रि-सिजनमा २ जित र १ बराबरीको नतिजा निकालेको थियो । प्रिमियर लिगको सुरुवातमै बलिया टोलीको सामना गर्नुपर्ने भएकाले चेल्सीले आफ्नो बलियो टोली उतार्ने देखिन्छ ।

भिल्लारियलका लागि क्लबका मुख्य फरवार्ड जेरार्ड मोरेनोले ६ वर्षको लागि सम्झौता नविकरण गरेका छन् । यसबाहेक डिफेन्डर पाउ टोरेस युरो र ओलम्पिकमा राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गरेर फर्केका छन् । प्रि सिजनमा ३ हार र ३ बराबरीको नतिजा निकालेको टोली महत्त्वपूर्ण यस खेलमा जितको लक्ष्यमा हुनेछ ।

चेल्सी र भिल्लारियल दुवै च्याम्पियन्स लिगको समूह चरणमा पनि छन् । केहि महिनाअघि क्लब इतिहासकै पहिलो उपाधि जितेको भिल्लारियल त्यसलाई दोब्बर पार्ने सुरमा हुनेछ । थोमस टुचेल भने चेल्सीसँग आफ्नो जादुमयी क्षणलाई थप विशेष बनाउन तल्लिन हुनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.