default_image

3 years ago

August 14, 2021

चेल्सीको सानदार सुरुवात

एजेन्सी – यसै साता युरोपेली सुपर कप जितेको युरोपेली च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार विजयी सुरुवात गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो । चेल्सीको जितमा मार्काेस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चलोवाहले गोल […]

49 views

0 Bookmark

एजेन्सी – यसै साता युरोपेली सुपर कप जितेको युरोपेली च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार विजयी सुरुवात गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो । चेल्सीको जितमा मार्काेस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चलोवाहले गोल गरे ।

खेलको सुरुवात देखि नै आक्रमक खेल पस्केको चेल्सीले सातौ मिनेटमा मार्काेस अलन्सोको पासमा क्रिस्टियन पुलिसिसको हेडरलाई क्रिस्टल प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले विफल पारेका थिए । १५औं मिनेटमा मासन माउन्टको २० यार्ड टाढाको प्रहारमा गोलरक्षक नै बाधक बन्दा चेल्सीले अग्रता लिन सकेन ।

२७औं मिनेटमा मार्काेस अलन्सोले फ्रिकिकमा सुन्दर गोल गर्दै चेल्सीलाई १–० ले अघि बढाए । टेरिक मिट्चेलले मासन माउन्टलाई फल गरेपछि प्राप्त फ्रिकिकलाई अलन्सोले गोलमा परिणत गर्दा गोलरक्षक भिसेन्ट गुआइटाले बचाउने कुनै अवसर नै पाएनन् ।

४०औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । मेसन माउन्टले कप्तान सिसर एज्पिलिक्वेटासँग वान टु वान पास खेल्दै एज्पिलिक्वेटा दिएको क्रस पासलाई पुलिसिसले कुनै गल्ती गरेनन् । ५३औं मिनेटमा जोर्डन एयुको पासमा वेलफ्रेड जाहाको प्रहारलाई गोलरक्षक इडुआर्ड मेन्डीले बचाउँदै चेल्सीको अग्रता कायमै राखे ।

५८औं मिनेटमा ट्रेभो चलाबोहले गोल गरेपछि चेल्सीले ३–० को आरामदायी अग्रता लिन सफल भयो । माटियो कोभासिसको पासमा चलाबोह पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्न सफल भएका थिए । चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध बल पोसेसनमा पनि बलियो पकड बनाएको थियो । जितपछि चेल्सीले पहिलो खेलबाट ३ अंक जोड्यो ।

त्यसअघि पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक तथा फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि सानदार जित दर्ता गरेको थियो । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका लुके एयलिङले एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा समर्थक माझ खेलाइएको खेलमा युनाइटेडले गोलको लागि पहिलो हाफको ३० मिनेटको समय नै कुुर्नु परेको थियो । ३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ब्रुनोको प्रहार गोलरक्षक इभान मेलिएरलाई लागेपनि गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले स्टुआर्ट डालासको पासमा गोल गरेका थिए । लिड्सको बराबरी गोलपछि ९ मिनेटको अन्तरमा तीन गोल गरेपछि युनाइटेडले खेलमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले भिक्टर लिन्डेलफको पासमा गोल गरेका थिए ।

नयाँ सिजनमा ब्रुनोको ह्याट्रिक पहिलो ह्याट्रिक बन्यो । युनाइटेड यतिकै रोकिएन । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए । यही खेलबाट यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका इंग्लिस मिडफिल्डर जेडान सान्चोले प्रिमियर लिगमा डेब्यु गरे । उनले ७५औं मिनेटमा ड्यानियल जेम्सलाई प्रतिस्थापन गरे । जितपछि युनाइटेडले ३ अंक जोडेको छ । हारसँगै लिड्स अंकविहीन बन्यो ।

यसअघि शुक्रबार राती भएको पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डले आर्सनललाई २-० ले पराजित गरेको थियो ।

अन्य नतिजा 

बर्नले १-२ ब्राइटन [जेम्स टार्कोस्की (१-०), निल माउपे (१-१), एलेक्सिस मकालिस्टर (१-२)]

एभर्टन ३-१ साउथह्याम्टन [एडम आर्मस्ट्रङ (०-१), रिचार्लीसन (१-१), अब्दुलाए डुकुरे (२-१), डोमिनिक काल्भर्ट लेविन (३-१)]

लेस्टर १-० वल्भ्स [जेमी भार्डी (१–०)]

वाटफोर्ड ३-२ एस्टन भिल्ला [ इम्यानुएल डेनिस (१-०), इस्माएला सार (२-०), जुआन हर्नान्डेज (३-०), जोन मक्गिन (३–१), ड्यानी इंग्स (३-२)]

रातको १०:१५ बजे : नर्विच सिटी विरुद्ध लिभरपुल

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.