default_image

3 years ago

August 16, 2021

बार्सिलोना समर्थकले गरे मेस्सीलाई सम्मान

एजेन्सी – कोरोना महामारीका कारण झन्डै १७ महिनापछि बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा समर्थकमाझ खेल्न पायो । तर पहिलो खेलमा जित हासिल गर्दा अधिकांश समर्थकले भने मेस्सीको प्रस्थानबारे आफ्नो भावना पोखेका थिए । आइतबार रियल सोसीडाडविरुद्ध खेलमा २० हजार ३ सय ८४ समर्थकलाई मात्र प्रवेश दिइएको थियो । खेलको दशौं मिनेटमा मेस्सीकै सम्मानस्वरूप मैदानमा उपस्थित […]

31 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीका कारण झन्डै १७ महिनापछि बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा समर्थकमाझ खेल्न पायो । तर पहिलो खेलमा जित हासिल गर्दा अधिकांश समर्थकले भने मेस्सीको प्रस्थानबारे आफ्नो भावना पोखेका थिए ।

आइतबार रियल सोसीडाडविरुद्ध खेलमा २० हजार ३ सय ८४ समर्थकलाई मात्र प्रवेश दिइएको थियो । खेलको दशौं मिनेटमा मेस्सीकै सम्मानस्वरूप मैदानमा उपस्थित सबै दर्शकले ताली बजाएर मेस्सीलाई सम्मान दिएका थिए । यस बाहेक धेरै फ्यानले मेस्सीको नम्बर १० जर्सी लगाएर नै मैदानमा आएका थिए । मेस्सीको सम्मानमा थुप्रै ब्यानर पनि रहेको थियो ।

मेस्सीको सम्मान सँगसँगै केहि ब्यानर भने अध्यक्ष जोआन लापोर्टाको विरोधमा पनि थियो । ‘बार्सा यस, लापोर्टा नो’ लगायतका ब्यानरले रंगशालाबाहिर स्थान पाएका थिए । समर्थकले क्लबले मेस्सीलाई राख्न नसक्नुमा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ र लापोर्टालाई दोषी मानेका छन् ।

मेस्सीसँगै जेरार्ड पिकेको नाम लिँदा पनि समर्थकले खुब ताली पिटेका थिए । पिकेले आफ्नो तलबमा भारी कटौती गर्दै मेम्फिस डिपाए र एरिक गार्सियालाई दर्ता गर्न क्लबलाई सहज अवस्था सिर्जना गराएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.