default_image

3 years ago

August 18, 2021

युभेन्ट्सले ब्राजिली युवा स्टार भित्र्यायो

एजेन्सी – इटालिनय क्लब युभेन्टसले ब्राजिली युवा स्टार काइओ जर्ग पिन्टो रामोसलाई अनुबन्ध गरेको छ । युभेन्ट्सले १९ वर्षीय युवा फरवार्ड काइओलाई ब्राजिली क्लब सान्तोषबाट ५ वर्षको लागि ३ मिलियन युरोमा अनबुन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२६ सम्म युभेन्ट्समा रहनेछन् । उनलाई युभेन्ट्समा २१ नम्वर जर्सी प्रदान गरिएको छ । सान्तोषसँगको सम्झौता […]

33 views

0 Bookmark

एजेन्सी – इटालिनय क्लब युभेन्टसले ब्राजिली युवा स्टार काइओ जर्ग पिन्टो रामोसलाई अनुबन्ध गरेको छ । युभेन्ट्सले १९ वर्षीय युवा फरवार्ड काइओलाई ब्राजिली क्लब सान्तोषबाट ५ वर्षको लागि ३ मिलियन युरोमा अनबुन्ध गरेको हो ।

सम्झौता अनुसार उनी सन् २०२६ सम्म युभेन्ट्समा रहनेछन् । उनलाई युभेन्ट्समा २१ नम्वर जर्सी प्रदान गरिएको छ । सान्तोषसँगको सम्झौता आउदो डिसेम्बरमा बाँकी रहँदा क्लबले यो समरले काइओलाई बिक्री गरेको हो ।

यस्तो हुदा सान्तोषले अर्काे वर्ष युभेन्ट्सबाट बोनस स्वरुप थप १ मिलियन युरो पाउनेछ । काइओले युभेन्ट्स छाडेको अवस्थामा ट्रान्सफर रकमको ५ प्रतिशत सान्तोषले पनि पाउने छ ।

सान्तोषको एकडेमीका उत्पादन काइओले ब्राजिलको उमेर समूहका सबै प्रतियोगितामा सहभागिता जनाइसकेको छ । उनलाई ब्राजिलमा नयाँ नेयमारको रुपमा हेरिएको छ । १० वर्षको उमेरमा सान्तोषमा आबद्ध भएका काइओले सान्तोषको सिनियर टिमबाट ८४ खेल खेल्दै १७ गोल गरेका छन् ।

सन् २०१९ मा फिफा यु–१७ विश्वकप जित्दा उनी ब्राजिलियन टिमका मुख्य खेलाडी थिए । उनले यु–१७ टिमबाट ११ खेल खेल्दै ७ गोल गर्दै ब्रन्ज बुट जितेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.