default_image

4 years ago

August 20, 2021

रेजिन मछिन्द्रबाटै खेल्ने

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रेजिन सुब्बाले सहिद स्मारक ए डिभिजन क्लबको साविक विजेता मछिन्द्र क्लबसँगको सम्झौता नविकरण गरेका छन् । दुई वर्षअघि मछिन्द्रले लिग इतिहासमा पहिलो पटक उपाधि जित्दा रेजिन टोलीका सदस्य थिए ।

मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँगको सम्झौता नविकरण गरेको बताएका छन् । रेजिन झन्डै दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको सदस्य थिए । रेजिनले नेपाली यू २३, यू १९ बाट खेलेका छन् ।

दुई महिनापछि आयोजना हुने यसपटकको ए डिजिभन लिगका लागि क्लबहरुले खेलाडीसँग नयाँ सम्झौता र नविकरणलाई निरन्तरता दिइरहेका छन् । यसपटकको लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ । विजेताले उपाधिसहित ७५ लाख रुपैयाँ पाउनेछ ।

मछिन्द्रले यसअघि साग टोलीका कप्तान सुजल श्रेष्ठ, अर्का सदस्य अभिषेक रिजलासँगको सम्झौता नविकरण गरिसकेको छन् । त्यस्तै राष्ट्रिय टोलीका सुनिल बल र मनीष डाँगीलाई पनि भित्राएको छ । मछिन्द्रलाई लिग जिताएका प्रवेश कटुवाललाई टोलीले प्रशिक्षकमा निरन्तरता दिएको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.