default_image

3 years ago

August 21, 2021

लाइप्जिगको सानदार जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले सानदार जित हात पारेको छ । घरेलु मैदानमा लाइप्जिगले भिएफबी स्टुटगार्टमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा डोमिनिक सोबोस्लाईले दुई तथा इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो […]

83 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले सानदार जित हात पारेको छ । घरेलु मैदानमा लाइप्जिगले भिएफबी स्टुटगार्टमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।

रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा डोमिनिक सोबोस्लाईले दुई तथा इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा ३ गोल निस्किएको थियो ।

खेलको ३८औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट लाइप्जिगले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै इमिल फोर्सवर्गले आन्द्रे सिल्भाको पासमा गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।

५२औं मिनेटमा डोमिनिक सोबोस्लाईले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लाइप्जिग फराकिलो जिततर्फ अग्रसर बन्यो । ६५औं मिनेटमा पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै लाइप्जिगलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै लाइप्जिग दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लाइप्जिग पहिलो खेलमा माइन्जसँग १–० ले स्तब्ध बनेको थियो । एक खेल खेलेका होफेनहाइन र बोरुसिय डर्टमुन्ड गोल अन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । पराजित स्टुटगार्ट समान २ खेलबाटै ३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.