default_image

3 years ago

August 25, 2021

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य सचिव रमेश सिलवाललाई समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले एक कार्यक्रममार्फत प्रतिवेदन बुझाएका हुन् । ७ […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।


राखेपका सदस्य सचिव रमेश सिलवाललाई समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले एक कार्यक्रममार्फत प्रतिवेदन बुझाएका हुन् । ७ सदस्यीय समितिले झन्डै ३ सातामा प्रतिवेदन बुझाएको हो । एन्फा आफैले विवाद समाधान गर्न नसकेपछि छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले समय अभाव देखाउँदै राखेपलाई छानविनका लागि भनेको थियो । सोही अनुरुप राखेपले साउन १९ गते समिति गठन गरेको थियो ।

छानविनका क्रममा समितिले १४ जनाको बयान लिएको थियो । समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि नै विवाद समाधानका लागि अघिल्लो साता गरेको प्रयास असफल भएपछि बुधबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदन राखेपले मन्त्रालयमा बुझाउने बुझिएको छ । प्रतिवेदनको निष्कर्ष कार्यात्वनयका लागि पुनः एन्फा जाने सम्भावना छ ।

गत साता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित नेम्बाङ र अन्य एन्फा पदाधिकारीबीच विहीबार भेट गराउँदै सहमतिको लागि गरिएको प्रयास विफल भएको थियो । छलफलमा राखेप सदस्य सचिव रमेश सिलवाल, संयोजक लाखे, समितिका अन्य तीन सदस्य, एन्फा अध्यक्ष शेर्पा, महासचिव तुलाधार, नेम्बाङ, अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मदुसुधन उपाध्याय सहभागी थिए ।

छलफलमा नेम्बाङले पुरानै माग अलमुताइरीले आफ्नो विरुद्धमा लेखेको फेसबुक स्ट्यासटस मेटाएर सरी भन्नु पर्ने दोहोर्याएका थिए । तर, त्यसमा एन्फा अध्यक्ष शर्पा र तुलाधरले आफूहरु त्यस्तो गराउन नसक्ने जवाफ दिएपछि सहमति हुन नसकेको बताइएको छ । नेम्बाङले आफ्नो गल्ति भए राजीनामा दिन तयार रहेको छलफलमा पनि बताएका थिए । नेम्बाङले एन्फा नेतृत्वकै कमजोरीका कारण विवाद समाधान गर्न नसकेको समितिमा बयान दिने क्रममा बताएका थिए ।

गत महिना सुरु भएको विवादको विषयमा समितिले पनि बढी दोष अलमुताइरीकै देखेको हुन सक्ने सम्भावनाका आधारमा प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सहमति जुटाउने प्रयास गरेको बुझ्न सकिन्छ । तर, अलमुताइरी पटक पटक एन्फामाथि हावी हुँदै आएका कारण विवाद समाधान हुने सम्भावना अझै देखिएको छैन । अध्यक्ष, महासचिवले नै अलमुताइरीलाई माफी मगाउन राजी गर्न कठिन हुने जवाफ दिएपछि छलफल विना निष्कर्ष टुंगिएको थियो । अलमुताइरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि पोखरामा छन् । सुरुमा एन्फाले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रशिक्षणमा रोक लगाएपछि पोखरामा भने प्रशिक्षण गर्न अनुमति दिएको थियो ।

समितिले गत साता ३ दिनको अन्तरमा कुल १४ जना सँग बयान लिएको थियो । समितिले बयानको अन्तिम दिन साउन २८ गते वरिष्ठ उपाध्यक्ष नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएपछि अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका थिए ।

समितिले त्यसअघि एन्फा अध्यक्ष शेर्पा, सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, बुधबार उपाध्यक्षद्वय थापा र खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव तुलाधर तथा व्यवस्थापक उपाध्यायको बयान लिएको थियो । एन्फाको साउन १५ गते बसेको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो ।

साउन १९ गते नेम्बाङ र अलमुताइरीबीच एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी हुन सकेन । एक्वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो ।

विवादको सुरुवात भने साउन ७ गतेको घटनाबाट भएको थियो । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.