default_image

4 years ago

August 27, 2021

विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

302 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् ।

दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी एक हुन् । उनले विराटनगरबाट ६ खेल खेल्दै ४ गोल गरेका थिए । यद्दपी विराटनगर प्ले अफ पुग्न भने असफल रहेको थियो । ३२ वर्षे मान्जी दशक यता व्यवसायिक फुटबलमा आबद्ध छन् । बेंगलरु आइलिगमा उनको तेस्रो क्लब हो ।

आई लिगमा पहिलो पटक उनी सन् २०१८/१९ को सिजन चेन्नई सिटीबाट खेलेका थिए । त्यति बेला चेन्नइले आइ लिग जितेको थियो भने मान्जीले त्यसमा २३ खेलमा २६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । गत सिजन उनले मोहम्मडनबाट खेल्दै ८ खेलमा छ गोल गरे । त्यहि बीचमा उनी जापानिज जे लिग दोस्रो डिभिजनको अल्बिरेक्स निगाताबाट पनि खेलेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.