default_image

3 years ago

September 1, 2021

प्रशिक्षक नवीनको परिवारलाई सन्तोषको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका प्रशिक्षक नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि सहयोग गरेका छन् । ‘ए’ डिभिजनको एपिएफ, थ्रीस्टार, मनाङ–मस्र्याङदी र च्यासल युथ क्लबबाट खेलिसकेका सन्तोषले प्रशिक्षक न्यौपानेको बुवाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका हुन् । सन्तोषले पठाएको उक्त रकम उनका सहोदर दाई बालगोपाल साहुखलले बुधबार […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका प्रशिक्षक नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि सहयोग गरेका छन् ।

‘ए’ डिभिजनको एपिएफ, थ्रीस्टार, मनाङ–मस्र्याङदी र च्यासल युथ क्लबबाट खेलिसकेका सन्तोषले प्रशिक्षक न्यौपानेको बुवाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका हुन् । सन्तोषले पठाएको उक्त रकम उनका सहोदर दाई बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे ।

सन्तोष सन् २०१५ यता जापानमा बसोबास गर्दै आइरहेका छन् । जापानमा बसोबास गरेपनि उनली नेपालमा ‘ए’ डिभिजन लिग खेल्न नेपाल आइरहेका छन् । उनले पछिल्लो दुई सिजन च्यासलबाटै लिग खेलेका थिए । त्यसक्रममा उनले ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक रहेका नवीनले २०६८ मा मनाङमा सन्तोषसँगै खेलेका थिए । नवीनले २०६४–६५ मा एनआरटीबाट बालगोपालससँग पनि खेलेका थिए ।

‘बाआमाको स्वस्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ । सन्तोषसहित सबैलाई धन्यवाद ।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिइरहेका छन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.