default_image

3 years ago

September 4, 2021

राखेपको कार्ड हुने खेलाडीलाई फुटबलमा निशुल्क प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्लाटेनियम, गोल्ड र सिल्भर कार्ड प्राप्त गरेका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल निशुल्क प्रवेश गर्न पाउने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार कार्ड पाप्त गरेका खेलाडीले निशुल्क प्रवेशको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएपछि […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्लाटेनियम, गोल्ड र सिल्भर कार्ड प्राप्त गरेका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल निशुल्क प्रवेश गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार कार्ड पाप्त गरेका खेलाडीले निशुल्क प्रवेशको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएपछि एन्फा त्यसका लागि तयार भएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघका अन्य पदाधिकारीको टोलीले एन्फा अध्यक्ष कर्मा छिरिङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसरी कार्ड रहेका खेलाडीले दशरथ रंगशालाको साधारण प्यारापिटतर्फ बी १० नम्बर गेटबाट प्रवेश पाउनेछन् । यदि भिआईपीतर्फ हेर्न चाहने कार्ड रहेका खेलाडीको हकमा भने एन्फाले तोकेको समय अवधिमा पहल गरेमा पासको व्यवस्था गरिने सहमति भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधारले संघको अनुरोध अनुसार अर्को व्यवस्था नभएसम्मका लागि राखेपले जारी गरेको कार्ड प्राप्त गर्ने खेलाडीलाई निशुल्क प्रवेश दिइने जानकारी गराए । ‘अहिले राखेपका कर्मचारीलाई जसरी प्रवेश दिएका छौं । त्यसरी उहाँहरुलाई पनि प्रवेश दिनेछौं,’ उनले भने, ‘देशका लागि ठूलो सफलता दिलाएका खेलाडीका हकमा समयमा पहल भएमा भिभिआईपी पासनै उपलब्ध गराउँछौं भनेका छौं ।’

एन्फाले भविष्यमा खेलमा निशुल्क प्रवेश गराउने हकमा मापदण्ड तय गर्ने योजना रहेको बताएको छ । महासचिव तुलाधरले अर्को व्यवस्था नहुँदा सम्म अहिलेको सहमति अनुसार हुनेछ बताए । उनले भने, ‘एन्फाले आफ्नो मापदण्ड गरेपछि त्यहि अनुसार हुनेछ । एन्फाले खेलाडीलाई जहिले पनि सम्मान गर्नेछ ।’

युवराज लामा राखेपका सदस्य सचिव हुँदा झन्डै आठ वर्षअघि बार्ड अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीका लागि कार्ड वितरणको व्यवस्था गरिएको थियो । ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्याटेनियम कार्ड प्राप्त गर्नेछन् । त्यस्तै अफिसियल खेलका पदक विजेता खेलाडीले गोल्ड कार्ड तथा अफिसियल खेलका सहभागीलाई सिल्भर कार्डको व्यवस्था गरिएको बताइएको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.