default_image

3 years ago

September 5, 2021

रोनाल्डोविना पोर्चुगलको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता, स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोविना नै पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कतारमाथि सहज जित हात पारेको छ । पोर्चुगलले ९ खेलाडीमा समेटिएको फिफा विश्वकप २०२२ को आयोजक कतारमाथि ३–१ को सहज जित हात पारेको हो । पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले गोल गर्दा कतारका एडिलकारिम हसन […]

56 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता, स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोविना नै पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कतारमाथि सहज जित हात पारेको छ ।

पोर्चुगलले ९ खेलाडीमा समेटिएको फिफा विश्वकप २०२२ को आयोजक कतारमाथि ३–१ को सहज जित हात पारेको हो । पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले गोल गर्दा कतारका एडिलकारिम हसन फाडाल्लाले एक गोल फर्काए ।

हंगेरीमा शनिबार राति भएको खेलको २३औं मिनेटमा कप्तान रोनाल्डोको अनुपस्थितिमा पहिलो रोजाईमा आक्रमणको जिम्मेवारी पाएका आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । २५औं मिनेटमा ओटाभियोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

४३औं मिनेटमा गोलरक्षक मेसाल वर्षहम सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । गोन्कालो गुइडेसलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।

१० खेलाडीमा समेटिएको कतारले ६१औं मिनेटमा एडिलकारिम हसन फाडाल्लाले एक गोल फर्काए । उनले अक्रप एफिफको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित पक्का गरे । ब्रुनो ५९औं मिनेटमा जोओ मौटिन्होको स्थानमा मैदान छिरेका थिए ।

पोर्चुगललाई अनावश्य पेनाल्टी दिएको भन्दै रेफ्रीसँग खराव आचरणसहित विवादमा उत्रने प्रयास गरेपछि रेफ्रीले ८८औं मिनेटमा बोउएलेम खोउकी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार ९ खेलाडीमा सीमित बनेको थियो ।

कतारविरुद्ध प्रशिक्षक फर्नान्डो सान्तोषले युवा खेलाडीलाई मौका दिएको थियो । ओटाभियो र एन्थोनी लोपेसले पहिलो रोजाईमा अवसर पाए । विश्वकप छनोटको खेलमा गत बिहीबार उत्तरी आयरल्यान्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलम ासर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि जर्सी फुकाल्दै खुशीयाली मनाएपछि उनी एक खेलको प्रतिबन्धमा परेपछि उनलाई पोर्चुगलले फुकुवा गरेको थियो । उनी शुक्रबार इंग्ल्यान्ड पुगिसकेका छन् । उनले कम्तीमा पनि ५ दिन आइसोलेसन बस्नुपर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.