default_image

3 years ago

September 6, 2021

प्रशिक्षक हुमागाई फेरी किस्टोनमा

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका फर्केपछि फुटबल प्रशिक्षक प्रदीप हुमागाई पुरानै क्लब किस्टोन एथलेटिकमा आबद्ध भएका छन् । पेन्सलभेनियाको स्टोडवर्गमा रहेको किष्टनले यसपटक उनी प्राविधिक निर्देशकका रुपमा क्लबमा आबद्ध भएका हुन् । उनी यसअघि सात वर्ष सोही क्लबमा प्रशिक्षकका रुपमा आबद्ध थिए । मुख्यतः एकेडेमी सञ्चालन गर्दै आएको किष्टनमा विभिन्न उमेर समूहका ९ सय बढी खेलाडी […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका फर्केपछि फुटबल प्रशिक्षक प्रदीप हुमागाई पुरानै क्लब किस्टोन एथलेटिकमा आबद्ध भएका छन् ।

पेन्सलभेनियाको स्टोडवर्गमा रहेको किष्टनले यसपटक उनी प्राविधिक निर्देशकका रुपमा क्लबमा आबद्ध भएका हुन् । उनी यसअघि सात वर्ष सोही क्लबमा प्रशिक्षकका रुपमा आबद्ध थिए । मुख्यतः एकेडेमी सञ्चालन गर्दै आएको किष्टनमा विभिन्न उमेर समूहका ९ सय बढी खेलाडी आबद्ध रहेको हुमागाईले जानकारी दिए । उनले प्राविधिक निर्देशकसँगै यू १२ र यू २३ को टोली पनि हेर्नेछन् ।

‘पुरानै क्लबमा फर्कदा नौलो त लागेको छैन । यसपटक अलि बढी जिम्मेवारीका साथ फर्केको छु’, हुमागाईले भने, ‘जहाँ रहेपनि फुटबलबाट टाढा म रहन सक्दिन । नयाँ जिम्मेवारीमा आफूले पनि धेरै सिक्ने अवसर पक्कै हुनेछ ।’

एएफसी ए लाइसन्स प्राप्त गरिरहेका हुमागाई गत वर्ष स्वदेश फर्केर नेपाल सुपर लिग (एनएनएल) को ललितपुर सिटी क्लबको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । लगातार ३ खेलमा बराबरीपछि उनी बर्खास्तमा परेका थिए ।

झण्डै दशक अघि उनले थ्री स्टार क्लबलाई सहिद स्मारक ए डिभिजन लिगसहित विभिन्न नकआउट प्रतियोगिताको उपाधि दिलाएका थिए । त्यसपछि उनी अमेरिका गएका थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.