9 years ago
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)
विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो ।

सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको फाइनलमा पुग्ने क्षेत्रिय टोली हो ।
स्ट्राइकर सावित्राले २६औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । सावित्राले ४२औं मिनेटमा अर्को गोल गर्दै एपिएफको अन्तरलाई दोब्बर पारेकी थिइन् । तर एपिएफकी अनिताले एक्लो प्रयासमा ८२औं मिनेटमा गोल गर्नुअघि निशा थोकरले मध्यमाञ्चलका लागि ६७ औं मिनेटमा गोल गरेकी थिइन् ।

१३ गोल गरेकी एपिएफकी सावित्रा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्पुरस्कारमा स्कुटर प्राप्त गरिन् । अनिताले फाइनलको वमन अफ दी म्याच भइन् । प्रतियोगितामा एपिएफकी सरु लिम्बु उत्कृष्ट स्ट्राइकर, मध्यमाञ्चलकै निशा थोकर उत्कृष्ट रक्षक, आर्मीकी सुमित्रा योञ्जन उत्कृष्ट मिडफिल्डर, एपिएफका जनक सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पाए ।
उपाधिसहित एपिएफले ३ लाख, मध्यमाञ्चलले १ लाख ५० हजार, सेमिफाइनल पुग्ने नेपाल पुलिस र आयोजक नेपाली सेनाको टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीलाई प्रधानसेनापती राजेन्द्र क्षेत्रीले पुरस्कृत गरेको थिए । घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशीको महिला प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]