default_image

3 years ago

September 11, 2021

बिबिसीमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको २१ औं साधारण सभाले क्लबका अध्यक्षमा डा.लालकुमार पुनलाई चयन गरेको हो । क्लबको उपाध्यक्षमा राजु हाइजु, महासचिवमा स्मित लामा, सह–सचिवमा मीना कुमारी राई र कोषाध्यक्षमा अरभिन्द गुरुङ चुनिएका छन् । सदस्य हरेन्द्र भट्टराई, डा. विनय […]

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको २१ औं साधारण सभाले क्लबका अध्यक्षमा डा.लालकुमार पुनलाई चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा राजु हाइजु, महासचिवमा स्मित लामा, सह–सचिवमा मीना कुमारी राई र कोषाध्यक्षमा अरभिन्द गुरुङ चुनिएका छन् । सदस्य हरेन्द्र भट्टराई, डा. विनय भट्टराई, सूर्य पोखरेल, अनुप बस्नेत, राजु श्रेष्ठ, योक बहादुर थापा, सनोज श्रेष्ठ र सन्दिप घिमिरे सर्वसम्मत चयन भए ।

साधरण सभामा आसन्न कात्तिक अन्तिमबाट सुरु हुने ‘ए’ डिभिजन लिगमा आफ्नो टोलीको तयारीका बारेमा छलफल भएको थियो । टोली निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लबका कोषाध्यक्ष अरभिन्द गुरुङले जानकारी दिए ।औसतको टोली बनाएको बिबिसीले कात्तिक २९ गतेबाट सुरु हुने लिगमा शीर्ष १० को लक्ष्य राखेको छ ।

क्लबले राष्ट्रिय टोलीबाट कप्तानी गरिसकेका फरवार्ड अनिल गुरुङलाई नै कप्तानमा निरन्तरता दिएको छ । विदेशी खेलाडीमा क्यामरुनका रुडी बाकोप, बर्टरान्ड एबोडे र फाब्रिस मर्लिन अथासीलाई अनुबन्ध गरिसकेको छ । रुडीले नेपाल सुपर लिगमा चितवन एफसीका लागि खेलेका थिए ।

दक्षिण एसियाली कोटामा खेलाडी खोजी भइरहेको छ । बीबीसीमा रहेका ६ युवा खेलाडी जत तिवारी, शिशिर लेखी, दिपेश गुरुङ, विशाल बस्नेत, रोशन रानामगर र अल्विन पौडेल आउदो अक्टोवरमा ताजिकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटको प्रारम्भिक चरणमा बोलाइएको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.