default_image

3 years ago

September 12, 2021

युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

58 views

0 Bookmark

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन ।

५७औं मिनेटमा माटियो पोलिटानोले नेपोलीका लागि बराबरी गोल फर्काए । ८५औं मिनेटमा कालिडोउ कोउलीवेलीले गोल गर्दै नेपोलीलाई २–१ को पूनरागमन जित दिलाउँदा युभेन्ट्स स्तब्ध बन्न पुग्यो । लगातार तेस्रो जितसँगै नेपोली ९ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ ।

तीन खेलमा जित निकाल्न नसकेको युभेन्ट्स १ अंक जोडेर १६औं स्थानमा रहेको छ । युभेन्ट्स पहिलो खेलमा उडिनेससँग २–२ गोलको बराबरीमा रोकिदा दोस्रो राउन्डमा इम्पोलीसँग १–० ले स्तब्ध बनेको थियो । उपाधि दावेदार युभेन्ट्सले सुरुवाती तीन खेलबाट ८ अंक गुमाइसकेको छ ।

यस्तै अर्काे खेलमा भेनेजियाले इम्पोलीलाई २–१ ले तथा फियोरेन्टिनाले एटलान्टालाई २–१ नै पराजित गरेको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.