default_image

3 years ago

September 14, 2021

बार्सिलोनाका डेस्टले बायर्नविरुद्धको खेल गुमाउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले च्याम्पियन्स लिग अन्तरगत बायर्न म्युनिखविरुद्धको समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । बार्सिलोना र बायर्नबीचको खेल आज (मंगलबार) राति १२ः४५ बजे हुदैछ । सर्जिनोले अन्तर्राष्ट्रिय ब्रेकमा ५ सेप्टेम्वरमा भएको क्यानडाविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेलगत्तै उनी क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । त्यसयता […]

31 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले च्याम्पियन्स लिग अन्तरगत बायर्न म्युनिखविरुद्धको समूह चरणको पहिलो खेल गुमाउने भएका छन् ।

बार्सिलोना र बायर्नबीचको खेल आज (मंगलबार) राति १२ः४५ बजे हुदैछ । सर्जिनोले अन्तर्राष्ट्रिय ब्रेकमा ५ सेप्टेम्वरमा भएको क्यानडाविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेलगत्तै उनी क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । त्यसयता उनी निरन्तर रिह्यावमा रहेका छन् ।

बार्सिलोनाले आफ्ना डिफेन्डर सर्जिनो च्याम्पियन्स लिगमा फर्कने विश्वास गरेपनि उनी पुर्ण रुपमा फिट हुन सकेनन् । अब सर्जिनोको विकल्पमा प्रशिक्षक रोनाल्ड कोम्यानले सजी रोबर्टाेलाई खेलाउने सम्भावना छ । युवा डिफेन्डर ओस्कार मिनगुएजा पनि विकल्पमा रहेको छ ।

सर्जिनो डेस्टको चोटले बार्सिलोनालाई थप समस्या पर्ने देखिएको छ । यसअघि अन्सु फाती, सर्जियो अगुएरो, औसमाने डेम्वेले र मार्थिन ब्रेथवेट पनि चोटका कारण टोलीबाट बाहिरिएका छन् । यसले बार्सिलोनाको अग्रपङ्ति र डिफेन्समा थप समस्या हुने देखिएको छ ।

सर्जी रोबर्टाे र जेरार्ड पिकेले सामान्य चोट बोकेका छन् । तर, उनीहरु बायर्नविरुद्धको खेलमा उपलब्ध हुने प्रशिक्षक कोम्यानले बताएका छन् ।

चोट बोक्ने खेलाडीको सुची लामो रहँदा बार्सिलोना बायर्नविरुद्ध सचेत भएर खेल्नेछ । टोलीले १५ अगस्ट २०२० मा भएको क्वाटरफाइनलमा ८–२ को लज्जास्पद हार बेहोरेको थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.