default_image

3 years ago

September 21, 2021

नेपालले हङकङसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।

समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपाल छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ ।

नेपालले हङकङसँग दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ । नेपालले हङकङसँग सन् १९८६ मा १–० ले तथा सन् १९८९ मा ३–० को हार बेहोरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो ।

सन् २०१८ मा भने हङकङको राष्ट्रिय टोलीलाई नेपाल एपिएफको महिला टोलीले ३–१ को जित निकालेको थियो । महिला टोली पनि एपिएफले निकालेको जितलाई निरन्तरता दिदै हङकङमाथि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ । चोटका कारण फरवार्ड बिमला चौधरी र डिफेन्डर पुजा रानाले खेल्ने सम्भावना न्युन छ ।

फिलिपिन्सविरुद्ध गोल गरेकी विमला पहिलो हाफमा तथा पुजा दोस्रो हाफमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक ग्यारी फिलिप्सले पुजा रानाको स्थानमा विमला विकलाई डेब्यु दिएका थिए । टोलीमा सिर्जना सिंह ठकुरी, रजनी थोकर, दीपा राई र इन्दिरा राई पनि रहेका छन् ।

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा गोल […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.