9 years ago
November 12, 2016
निर्धारित ९० मिनेट र थापिएको ३० मिनेटमा बिजेताको टुङो नलाग्दा नेपालले टाइ ब्रेकरमा लाओसलाई हराउदै सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ ।

पहिलो हाल्फमा १ गोलाले पछी परेको नेपालले दोस्रो हाल्फमा बिमलको गोलमा बराबर गरेपछी खेल थप लम्बिएको थियो । अतिरिक्त समयमा अनन्तको हेडरमा अग्रता लिएपनी बचाउन नसक्दा खेल टाइ ब्रेकरमा ढकेलिएको थियो ।
टाइ ब्रेकरमा नेपालको लागी हेमन गुरुङ्, बिक्रम लामा र सुजल श्रेस्ठा तिनै जनाले गोल गरे भने लाओसले गोल गर्न सकेन । लाओसको तीन प्रहार मद्धे पहिलो दुइटा किरनले रोके भने अन्तिम प्रहार बाहिरिए पछी नेपालको फाइनलमा स्थान पक्का भएको थियो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]