default_image

4 years ago

October 4, 2021

भारत १० खेलाडीमा सिमित बंगलादेशसँग बराबरीमा रोकियो

194 views

0 Bookmark

एजेन्सी – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो चरणमा बंगलादेशले उपाधिको दावेदार भारतलाई बराबरीमा रोकेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको हो ।

खेलको २६ औं मिनेटमा भारतले कप्तान सुनिल क्षेत्रीको गोलमा अग्रता लिएको थियो । सुनिलले उदान्ता सिंहको कटब्याकमा पहिलो टचमा नै ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए । ३८ औं मिनेटमा सुनिलकै प्रहार गोलरक्षक अनिसुर रहमानले विफल पारेका थिए । ४० औं मिनेटमा बंगलादेशका बिप्लो अहमदको प्रहार गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे ।

दोस्रो हाफको सुरुवाती समयमा नै बंगलादेश १० खेलाडीमा सिमित भयो । लिस्टन कोलासोलाई अन्तिम डिफेन्डरका रुपमा रहेका विश्वनाथ घोषले लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । ६१ औं मिनेटमा अनिसुरले लगातार दुई बचाउ गर्दै बंगलादेशलाई खेलमा कायम राखे । उनले मनवीर सिंहको प्रहार विफल पारेपछि उदान्तालाई पनि गोल गर्न दिएनन् ।

७४ औं मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । कर्नरको अवस्थामा फार पोस्टमा अनमार्क रहेका येसिन अराफातले बंगलादेशका लागि हेडरमार्फत बराबरी गोल गरेका थिए । त्यसपछि भारतले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

यस बराबरीले बंगलादेशले २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपाल १ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् । नेपाल र श्रीलंकाबीच आज राती ९:४५ बजे दोस्रो खेल हुनेछ ।

यो पनि : साफ च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.