default_image

4 years ago

October 4, 2021

साफ च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सोमबार हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । मनिष डाँगीले बेन्चबाट पस्दै खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त बनेको थियो । त्यस्तै श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । दश खेलाडीमा सिमित श्रीलंकाले पेनाल्टीमा गोल खादै पराजित हुन पुगेको थियो ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।

‘श्रीलंकाविरुद्धको खेल हाम्रो लागि सहज हुनेछैन । श्रीलंका बलियो र राम्रो टोली हो । हामी माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्नेछौं ।’ प्रशिक्षक अल्मुताइरीले भने, ‘उनीहरुले राम्रो खेलिरहेका छन् । हामीले तीन अंक बटुल्न सक्यौं भने पक्कै खुसी हुनेछौं । यसका लागि हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नुपर्नेछ ।’

‘हामीले श्रीलंका र बंगलादेशको खेल हेरेका छौं । श्रीलंकाले पेनाल्टीकै कारण मात्र हारेको थियो । रातो कार्ड पाएपछि पनि टोलीले दबाबमा खेलेन,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले श्रीलंका ट्याकलमा निकै एग्रेसिभ रहने भएकाले विपक्षी टोलीका एक खेलाडीलाई रातो कार्ड दिलाउने रणनीति रहने बताए । ‘श्रीलंका निकै एग्रेसिभ ट्याकल गर्छ । हामीले त्यसको फाइदा उठाउँदै विपक्षी खेलाडीलाई रातो कार्ड दिने रणनीति बुन्नेछौं । उनीहरुको एक खेलाडी कम भएपछि हामीलाई खेल्न सहज हुने अपेक्षा छ,’ उनले प्रष्ट पारे,’ पछिल्लो खेलमा पनि हामीले देखेका थियौं । भोली पनि हामी सकेसम्म्द धेरै बल राखेर उनीहरुलाई ट्याकल गर्न बाध्य बनाउनेछौं ।’

श्रीलंका वरीयतामा निकै पछि रहेपनि त्यसले खेलमा फरक नपर्ने प्रशिक्षक अलमुताइरीले बताए । उनले श्रीलंकाविरुद्ध खेल नेपालको लागि पहिलो खेल जस्तो हुने बताए । ‘हाम्रो लागि यो प्रतियोगिताको पहिलो खेल हो । हामीले पछिल्लो खेलको नतिजा बिर्सिसकेका छौं । श्रीलंकाविरुद्ध हामी जितका लागि खेल्छों । हाम्रो लागि यो फाइनल खेल सरह हो । हामीले यो जसरी पनि जित्नुपर्छ,’ उनले टुंग्याए ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्वपूर्ण हुने बताएका छन् । उनले नेपाल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलमा जित निकाल्ने योजना रहेको सुनाए । प्रशिक्षक अलमुताइरीको भनाइलाई साथ दिँदै किरणले पछिल्लो खेलको नतिजा बिर्सेर अघि बढ्ने बताए ।

यता पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका नेपाललाई हराउँदै साफमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । श्रीलंकाली प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको लक्ष्य प्रतियोगितामा पूनरागमन गर्ने रहेको बताए ।

‘श्रीलंका पनि दक्षिण एसियाली फुटबलमा छौं भनेर देखाउनु छ । हामी पहिलो खेलमा पराजित भयौं । हाम्रो लक्ष्य नेपालविरुद्ध सकारात्मक नतिजा निकाल्ने नै हुनेछ,’ प्रशिक्षक एलगिचले भने ।

सोमबार नै अपरान्ह ४:४५ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश लगातार दोस्रो जितको खोजीमा रहँदा भारतले च्याम्पियनसिपमा पहिलो खेल खेल्दैछ । यस खेलले पनि प्रतियोगिताको फाइनल समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.