4 years ago
October 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले खेल्ने बाँकी खेलको प्रत्यक्ष प्रसारण डिश होमको एक्सन स्पोर्टस्ले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरका एन्फा र साफ च्याम्पियनसिपको ब्रोडकास्टरबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।

त्यस्तै एन्फाले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्नका लागि एड रिलिज प्रा.लिसँग आज राती ९:०० बजे सम्झौता गरेको हो । एक्सन स्पोर्टस्ले नेपाल र श्रीलंकाबीच आज राती ९:४५ बजे सुरु हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने तय भएको छ । नेपालले अर्को खेल असोज २४ गते भारत र राउन्ड रोविनको अन्तिम खेल असोज २७ गते बंगलादेशविरुद्ध खेल्नेछ ।
आयोजक माल्दिभ्सलाई असोज १५ गते १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले ८५ औं मिनेटमा गरेको गोलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो जित हासिल गरेको थियो । ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको बंगलादेशले सोमबार पहिलो खेल खेलेको भारतसँग १–१ को बराबरी खेलेको थियो ।
आज राती हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा च्याम्पियनसिपमा अगाडि बढ्नका लागि श्रीलंकालाई पनि जित्दै पर्ने दबाब हुनेछ । नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् ।
बंगलादेशमा भएको बंगबन्धु गोल्डकप पछिल्लो पटक भेट हुँदा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । जसमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १–० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा ३ जित निकालेको छ । नेपाल र श्रीलंकाबीचको ८ खेल बराबरी टुंगिदा ६ खेलमा श्रीलंका विजयी भएको थियो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गरेका हुन् । पछिल्लो खेलबाट दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा आएका छन् ।
नेपालको गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिनेछन् । अघिल्लो खेलमा रोहितले मिडफिल्डमा खेल्दा दीनेश सेन्टर डिफेन्समा खेलेका थिए । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा छन् ।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ पाउनेछन् । अघिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका विशालले आज सुरुवाती ११ मा स्थान बनाएका हुन् । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा छन् । सुमनले आजको खेलमा सुजलको स्थान लिनेछन् ।

राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ । नेपाल १ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् । नेपाल र श्रीलंकाबीच आज राती ९:४५ बजे दोस्रो खेल हुनेछ ।
आज भएको पहिलो खेलमा १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई बराबरीमा रोकेको थियो । विस्तृतमा यहाँ पढ्नुहोस : भारत १० खेलाडीमा सिमित बंगलादेशसँग बराबरीमा रोकियो
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]