default_image

4 years ago

October 14, 2021

नेपाल र भारतबीच २८ वर्षपछि फाइनल भेट तय

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् ।

नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । भारत सात पटकको च्याम्पियन टोली हो । साफ च्याम्पियनसिपमा भने नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

साफ च्याम्पिनसिपमा पहिलो पटक फाइनल पुगेपनि नेपालले यसअघि अर्को फाइनल खेलेको थियो । अहिले दक्षिण एसियाली खेलकुद (साग) का नामले परिचित तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को छैटौं संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो ।

२–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले बाजी पारेको थियो । त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाको क्षेत्रिय स्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीले नै खेल्ने गर्थ्यो । नवौं साग देखि भने यू २३ टोलीले साग खेल्दै आएको छ । सागको १२ औं संस्करणमा नेपालले भारतलाई हराएर नै उपाधि जितेको थियो ।

महिलातर्फ पनि साग र साफ च्याम्पियनसिपका अधिकांश संस्करणमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै आएको छ । त्यसमा भने नेपालले अहिले सम्म भारतलाई हराउन सकेको छैन । नेपालमा आयोजना भएको यू १९ साफमा पनि नेपालले फाइनललाई नै हराएर उपाधि जितेको थियो ।

दक्षिण एसियाको पावर हाउस भारतविरुद्ध नेपालले पछिल्लो झण्डै डेढ महिनामा चौथो पटक खेल्ने तय भएको छ । भदौको १७ र २० गते दशरथ रंगशालामा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । असोज २४ गते भएको पछिल्लो भेटमा भारत १–० ले विजयी भएको थियो । २ जित र २ बराबरीका साथ भारत ८ अंकसहित शीर्ष र ७ अंकसहित नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् ।

छैटौं सागमा टाइब्रेकरमा हराएपछि नेपालले २०१३ मा स्वदेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएको थियो । नेपालले नियमित समयमा भारतलाई हराएको त्यो नै पहिलो खेल हो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । भारतमाथि जित निकाल्दै पहिलो उपाधि जित्ने मौका यसपटक नेपालसँग छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.