default_image

4 years ago

October 14, 2021

‘साफ जिते नेपाली फुटबलमा परिवर्तन आउँछ’ – रोहित

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै फाइनल यात्रा तय गर्यो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर रोहित चन्द म्यान अफ द म्याच बने ।

राष्ट्रिय टोलीका लागि सन् २००९ देखि खेल्दै आएका रोहितले अलमुताइरीको प्रशिक्षणमा कहिले डिफेन्स त कहिले मिडफिल्डमा खेल्दै आएका छन् । डिफेन्डरका रुपमा करिअर सुरु गरेका उनी पछिल्लो समय भने मिडफिल्डरका रुपमा नै छाप बसाइरहेका छन् । तर डिफेन्समा पनि उनको प्रदर्शन प्रभावशाली नै छ । बुधबार बंगलादेशविरुद्ध मिडफिल्डमा खेलेका उनले म्यान अफ द म्याच नै जिते ।

रोहितले खेलमा केहि गोल गर्ने अवसर पनि पाएका थिए । तर त्यसको सदुपयोग गर्न सकेनन् । नेपालका लागि आक्रमण बनाउने मात्र नभएर रक्षात्मक रुपमा पनि उनी सक्रिय देखिए । विगतभन्दा केहि आक्रामक भूमिका पाएकाले पनि रोहित खेलभर चलायमान देखिए ।

खेलपछि बोल्दै रोहितले फाइनल पुग्न सकेकोमा खुसी व्यक्त गरे । ‘खेल निकै कठिन थियो । बंगलादेश पनि राम्रो टोली हो । दुवै टोलीले जितकै लागि खेलेका थिए, तर हामीलाई १ अंकले फाइनल पुग्न पर्याप्त रहयो,’ उनले भने, ‘हामी फाइनल पुग्दा एकदम खुसी छौं । मलाई लाग्छ यो इतिहासकै पहिलो फाइनल हो । हामी एकदम खुसी छौं र यो क्षणमा रमाइरहेका छौं ।’

रोहितको यो व्यक्तिगत छैटौं साफ हो । सन् २००९ यता लगातार खेल्दै आएका रोहितले तीन पटक सेमिफाइनलको हारको पिडा खेप्नुपरेको छ । सन् २०१३ मा अफगानिस्तानविरुद्ध अन्तिम समयमा रोहित पेनाल्टीमा चुक्दा नेपाल १-० ले पराजित भएको थियो । तर त्यसयता रोहितले आफ्नो खेललाई निकै माथि ल्याएका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आएका उनले क्लब स्तरमा सफलता पनि हासिल गरेका छन् । राष्ट्रिय टोलीबाट भने आधिकारिक उपाधि जित्न उनलाई अवसर छ ।

रोहितले फाइनल जितेमा नेपाली फुटबलमा परिवर्तन आउने आशा देखाए । ‘हामी अहिलेसम्म फाइनल पुग्न सकेको थिएनौं । हाम्रो लागि सबैभन्दा ठूलो प्रतियोगिता नै यहि हो । म मात्र होइन सबै खेलाडीको उद्देश्य नै साफ च्याम्पियनसिप जित्नु रहेको छ । फाइनल पुगेको छौं । फाइनल जित्यौं भने हाम्रो फुटबलमा केही परिवर्तन आउँछ भन्ने आशा छ । संघ र सरकारले योजनावद्ध ढंगले अघि बढ्न सहयोग पुग्छ भन्ने छ,’ उनले भने ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.