default_image

4 years ago

October 16, 2021

साफ च्याम्पियनसिपमा नेपाल : २६ खेलाडीको ४९ गोल

348 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली फुटबलका लागि शनिबार महत्त्वपूर्ण दिन हो । दक्षिण एसियाको सर्वाधिक महत्त्वका साथ हेरिने साफ च्याम्पियनसिपको च्याम्पियन बनेर फर्कने अवसर नेपाली टोलीसँग हुनेछ । यस क्षेत्रको सर्वाधिक सफल र बलियो टोली भारतलाई माल्दिभ्समा आज हुने फाइनलमा हराउन सके नेपाल पहिलो पटक च्याम्पियन बनेर फर्कनेछ ।

सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपको १३ औं संस्करणले आज बिट मार्दैछ । यो झण्डै ३ दशक लामो इतिहास भएको च्याम्पिनयसिपमा गोल गर्ने नेपाली टोलीको गोल र खेलाडीको संख्या भने सन्तोषजनक छैन । साफ च्याम्पियनसिपको १३ औं संस्करणको आज हुने फाइनल अघि नेपाली टोलीले ४९ गोल गरेको छ । जसमा २६ खेलाडीको नाममा गोल रहेको छ ।

नेपालले सबै संस्करणमा गोल भने गरेको छ । एकै संस्करणमा सबैभन्दा बढी ७ गोल (२०१८) र तीन संस्करण (१९९३,१९९७, २०१५) मा भने मात्र १ गोलमा चित्त बुझाउनु परेको छ । बाँकी संस्करणमा भने टोलीले २ वा त्यो भन्दा बढी गोल गरेको छ । यसपटक नेपाली टोलीका लागि ४ खेलाडीले ५ गोल गरिसकेका छन् ।

नेपालका लागि अहिले सम्म ३ खेलाडी सर्वाधिक ४ गोल गरेका छन् । जुमानु राई, पूर्व कप्तान अनिल गुरुङ र विमल घर्तिमगर गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन् । जसमा जुमानु र विमलले साफका अलग अलग तीन संस्करणमा उक्त सफलता हासिल गरेका हुन् । अनिलले अन्तर्राष्ट्रिय फुटबलबाट ५ वर्षअघि नै सन्यास लिइसकेका छन् ।

ANil Gurung

सन्यास नलिएपनि लामो समयदेखि जुमानु राष्ट्रिय टोलीमा छैनन् । विमल भने चोट कारण टोलीमा छैनन् । जुमानले २००८, २००९ र २०१३ को साफ च्याम्पिनयसिपमा गोल गरेका थिए । त्यस्तै विमलले २०१३, २०१५ र २०१८ मा गोल गरेका थिए । अनिलले भने २००९ र २०१३ को संस्करणमा समान २ गोल गरेका थिए ।

त्यस्तै ३ खेलाडी – नरेश जोशी, निराजन रायमाझी र भरत खवासले समान ३-३ गोल गरेका छन् । सन् १९९९ मा नरेशले श्रीलंकाविरुद्ध ३–२ को जितमा ह्याट्रिक गरेका थिए । साफमा नेपालको त्यो अहिले सम्मको एक मात्र ह्याट्रिक हो ।

त्यस्तै ८ खेलाडी देवनारायण चौधरी, हरि खड्का, बालगोपाल महर्जन, दीपक अमात्य,कुमार थापा, बसन्त थापा, विजय गुरुङ, अन्जन विष्टले समान २ गोल गरेका छन् । जारी च्याम्पियनसिपमा २ गोल गरेका अन्जनले २ पहेलो कार्डका कारण फाइनल भने खेल्न पाउने छैनन् । साफमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी भने देवनारायण हुन् । पहिलो संस्करणमा पाकिस्तानविरुद्धको १–१ बराबरीमा देवनारायण गोल गरेका थिए ।

साफ च्याम्पियनसिपमा ११ खेलाडी सुरेन्द्र तामाङ, विसन गौचन, राजु तामाङ, सन्दीप राई, पूर्व कप्तान सागर थापा, अनन्त तामाङ, सुनिल बल, निराजन खड्का, नवयुग श्रेष्ठ, मनीष डाँगी, सुमन लामा, आयुष घलान समान १-१ गोल गरेका छन् । मनीष, सुमन, आयुषले यसै पटक गोल गरेका हुन् । फाइनल अघि नेपालले साफ च्याम्पियनसिपको १३ संस्करणमा ४२ खेल खेलेको छ । त्यसमा १३ जित, ७ बराबरी र २२ हार रहेका छन् । अहिले सम्म नेपालले ४२ खेलमा ५८ गोल खाइसकेको छ ।

साफ च्याम्पियनसिपमा नेपालको गोल

वर्ष गोल

१९९३ – १

१९९५ – ३

१९९७ – १

१९९९ – ६

२००३ – ४

२००५ – ४

२००८ – ५

२००९ – ४

२०११ – ३

२०१३ – ५

२०१५ – १

२०१८ – ७

२०२१ – ५

साफ च्याम्पियनसिपमा नेपालका लागि गोल गर्ने खेलाडी– २

४ गोल (३ खेलाडी) – अनिल गुरुङ, जुमानु राई, विमल घर्तिमगर

३ गोल (३ खेलाडी) – नरेश जोशी, निराजन रायमाझी, भरत खवास

२ गोल (८ खेलाडी) – देवनारायण चौधरी, हरि खड्का, बालगोपाल महर्जन, दीपक अमात्य,कुमार थापा, बसन्त थापा, विजय गुरुङ, अन्जन विष्ट

१ गोल (१२ खेलाडी) – सुरेन्द्र तामाङ, विसन गौचन, राजु तामाङ, सन्दीप राई, सागर थापा, अनन्त तामाङ, सुनिल बल, निराजन खड्का, नवयुग श्रेष्ठ, मनीष डाँगी, सुमन लामा, आयुष घलान

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन

४२ खेल – १३ जित, ७ बराबरी र २२ हार (दुई अतिरिक्त समयमा)

सन् १९९३, पाकिस्तान

पाकिस्तानविरुद्ध नेपाल (१–१) देवनारायण चौधरी

श्रीलंकाविरुद्ध नेपाल (०–०)

भारतविरुद्ध नेपाल (१–०)

सन् १९९५, श्रीलंका

नेपालविरुद्ध बंगलदेश (०–२)

नेपालविरुद्ध पाकिस्तान (२–०) हरि खड्का, बालगोपाल महर्जन

सेमिफाइनल – श्रीलंकाविरुद्ध नेपाल (२–१) अतिरिक्त समय, दीपक अमात्य

सन् १९९७,नेपाल

नेपालविरुद्ध पाकिस्तान (०–२)

नेपालविरुद्ध श्रीलंका (१–३) दीपक अमात्य

सन् १९९९, भारत

श्रीलंकाविरुद्ध नेपाल (२–३) नरेश जोशीको ह्याट्रिक

नेपालविरुद्ध माल्दिभ्स (२–३) हरि खड्का, कुमार थापा

सेमिफाइनल – बंगलादेशविरुद्ध नेपाल (२–१), बालगोपाल महर्जन

तेस्रो स्थान – माल्दिभ्सविरुद्ध नेपाल (२–०)

सन् २००३, बंगलादेश

बंगलादेशविरुद्ध नेपाल (१–०)

नेपालविरुद्ध भुटान (२–०) निराजन रायमाझी, कुमार थापा

नेपालविरुद्ध माल्दिभ्स (२–३) निराजन रायमाझी, देवनायरायण चौधरी (पेनाल्टी)

सन् २००५, पाकिस्तान

भारतविरुद्ध नेपाल (२–१) बसन्त थापा

बंगलादेशविरुद्ध नेपाल (२–०)

नेपालविरुद्ध भुटान (३–१) सुरेन्द्र तामाङ, बसन्त थापा, विजय गुरुङ

सन् २००८ माल्दिभ्स/श्रीलंका

भारतविरुद्ध नेपाल (४–०)

माल्दिभ्सविरुद्ध नेपाल (४–१) विसन गौचन

पाकिस्तानविरुद्ध नेपाल (१–४) राजु तामाङ, निराजन रायमाझी, जुमानु राई (२)

सन् २००९, बंगलादेश

माल्दिभ्सविरुद्ध नेपाल (१–१) जुमानु राई

भारतविरुद्ध नेपाल (१–०)

अफगानिस्तानविरुद्ध नेपाल (०–३), अनिल गुरुङ (२), विजय गुरङ

सन् २०११, भारत

माल्दिभ्सविरुद्ध नेपाल (१–१) सन्दीप राई

नेपालविरुद्ध बंगलादेश (१–०) सागर थापा

पाकिस्तानविरुद्ध नेपाल (१–१) भरत खवास

सेमिफाइनल – अफगानिस्तानविरुद्ध नेपाल (१–०) अतिरिक्त समय

सन् २०१३, नेपाल

नेपालविरुद्ध बंगलादेश (२–०) अनिल गुरुङ, भरत खवास

पास्कितानविरुद्ध नेपाल (१–१) विमल घर्तिमगर

भारतविरुद्ध नेपाल (१–२) अनिल गुरुङ, जुमानु राई

सेमिफाइनल – नेपालविरुद्ध अफगानिस्तान (०–१)

सन् २०१५, भारत

नेपालविरुद्ध श्रीलंका (०–१)

भारतविरुद्ध नेपाल (४–१) विमल घर्तिमगर

सन् २०१८, बंगलादेश

नेपालविरुद्ध पाकिस्तान (१–२) विमल घर्तिगमर

नेपालविरुद्ध भुटान (४–१) अनन्त तामाङ, सुनिल बल, भरत खवास, निराजन खड्का

बंगलादेशविरुद्ध नेपाल (०–२) विमल घर्तिमगर, नवयुग श्रेष्ठ

सेमिफाइनल – नेपालविरुद्ध माल्दिभ्स (०–३)

सन् २०२१, माल्दिभ्स

नेपालविरुद्ध माल्दिभ्स (१–०), मनीष डाँगी

नेपालविरुद्ध श्रीलंका (३–२) सुमन लामा, अन्जन विष्ट, आयुष घलान

भारतविरुद्ध नेपाल (०–१)

नेपालविरुद्ध बंगलादेश (१–१) अन्जन विष्ट

फाइनल : नेपालविरुद्ध भारत

  • २६ खेलाडीको ४९ गोल हुनु पर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । – सम्पादक

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.