4 years ago
October 21, 2021
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँग सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टार फातीसँग ६ वर्षको नयाँ सम्झौता नविकरण गरेको हो ।

सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन् । पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । क्लबले उनको रिलिज क्लज एक बिलियन युरो राखेको छ । गत साता मात्र पेड्रीले पनि क्लबसँग सम्झौता नविकरण गरेका थिए ।
क्लबका सदावहार अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको बर्हिगमनसँगै अर्थात मेस्सी युगको अन्त्यपछि बार्सिलोना ठुलो समस्याम परेको थियो । फातीको सम्झौतासँगै बार्सिलोनाका समर्थकलाई राहत महसुस भएको छ । गत सिजन चोटका कारण मैदान बाहिर रहेका फातीले यो सिजन चोटबाट पूनरागमन लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले फातीलाई बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए । उनी च्याम्पियन्स लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी तथा स्पेनिस ला लिगामा गोल गर्ने कान्छा खेलाडी हुन् ।
फातीलाई बार्सिलोनाको भविष्यको रुपमा हेरिएको छ । उनी रोनाल्ड कोम्यानको टोलीको महत्वपुर्ण हिस्सा बनिसकेका छन् । मेस्सीको प्रस्थानपछि नै क्लबले उनलाई १० नम्वरको जर्सी प्रदान गरेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]