default_image

4 years ago

October 21, 2021

बार्सिलोनामा फातीको सम्झौता नविकरण

214 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँग सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टार फातीसँग ६ वर्षको नयाँ सम्झौता नविकरण गरेको हो ।

सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन् । पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । क्लबले उनको रिलिज क्लज एक बिलियन युरो राखेको छ । गत साता मात्र पेड्रीले पनि क्लबसँग सम्झौता नविकरण गरेका थिए ।

क्लबका सदावहार अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको बर्हिगमनसँगै अर्थात मेस्सी युगको अन्त्यपछि बार्सिलोना ठुलो समस्याम परेको थियो । फातीको सम्झौतासँगै बार्सिलोनाका समर्थकलाई राहत महसुस भएको छ । गत सिजन चोटका कारण मैदान बाहिर रहेका फातीले यो सिजन चोटबाट पूनरागमन लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले फातीलाई बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए । उनी च्याम्पियन्स लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी तथा स्पेनिस ला लिगामा गोल गर्ने कान्छा खेलाडी हुन् ।

फातीलाई बार्सिलोनाको भविष्यको रुपमा हेरिएको छ । उनी रोनाल्ड कोम्यानको टोलीको महत्वपुर्ण हिस्सा बनिसकेका छन् । मेस्सीको प्रस्थानपछि नै क्लबले उनलाई १० नम्वरको जर्सी प्रदान गरेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.